![](https://internal.appharu.com/wp-content/uploads/2022/11/prachanda2-768x512.jpg)
गोरखा । गोरखा-२ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगातार मतान्तर बढाउँदै लगेका छन् ।
८५४० मत गणना हुँदा प्रचण्डले ४८३२ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले १४२४ मत पाएका छन् । बुर्लाकोटीको भन्दा प्रचण्डले ३४०८ मत बढी ल्याएका छन् ।
एमालेका उम्मेद्वार अब्दुस मियाँ तेस्रो स्थानमा छन् । उनले ११७६ मत पाएका छन् ।
यसअघि चितवनबाट निर्वाचित प्रचण्ड यसपटक भने सुरक्षित ठाउँ खोज्दै गोर्खा पुगेका थिए । यसअघिको निर्वाचनमा जनता समाजवादी पार्टीबाट बाबुराम भट्टराई निर्वाचित भएका थिए । यो चुनावमा बाबुरामले प्रचण्डलाई सहयोग गरेका छन् ।
SHARE YOUR THOUGHTS