मतान्तर बढाउँदै सिके राउत, सत्ता गठबन्धनका ठाकुर तेस्रो स्थानमा « Eglish Khabarhub

मतान्तर बढाउँदै सिके राउत, सत्ता गठबन्धनका ठाकुर तेस्रो स्थानमा



सप्तरी । प्रतिनिधिसभातर्फ सप्तरी क्षेत्र नं २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतले मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।

पछिल्लो मतगणनाअनुसार उनले १३ हजार सात सय ५९ मत प्राप्त गरेका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादवले छ हजार नौ सय ५१ मत प्राप्त गरेका छन् । सत्ता गठबन्धनका तर्फबाट लोसपाका जयप्रकाश ठाकुरले दुई हजार आठ सय ५७ मत पाएका छन् ।

हालसम्म २५ हजार चार सय ३९ मतगणना भएकामा एक हजार तीन सय ३७ मत बदर भएको र २४ हजार एक सय दुई मत सदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सप्तरी-२ मा ६७.९७ प्रतिशत अर्थात् ६४ हजार पाँच सय ६० मत खसेको छ । अब ३९ हजार एक सय २१ मत गन्न बाँकी छ ।

Publish on: