मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ललितपुर २: उदयशमशेर राणाको फराकिलो अग्रता, के गर्लान् नवराज सिलवाल ?


ललितपुर । शुरुदेखि नै पछि पर्दै आएका उदयशमशेर राणाले पछिल्लो समय लगातार अग्रता हासिल गरेका छन् ।

निर्वाचन आयोगले जानकारी गराएको पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका राणाले १७०७४ मत प्राप्त गरेका छन् भने एमालेका नवराज सिलवालले १५४१४ मत प्राप्त गरेका छन् ।

सिलवालको भन्दा राणाको १६६० मत बढी छ । ललितपुर २ मा कुल ५० हजारभन्दा बढी मत खसेको थियो ।

यसअघिको निर्वाचनमा सिलवालले राणालाई हराएका थिए ।