![](https://internal.appharu.com/wp-content/uploads/2022/11/congress-uml-and-rsp-768x432.jpg)
काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतगणना जारी छ । प्रत्यक्षसँगै समानुपातिक तर्फको मतगणना पनि भइरहेको छ ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभातर्फ समानुपातिकमा नेकपा एमालेले अग्रता बनाइरहेको छ । एमालेले मंगलबार राति सवा ९ बजेसम्म १ लाख ३७ हजार८७७ मत पाएको छ ।
दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ । उसले १ लाख १९ हजार ३९६ मत पाएको छ । तस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ उसले ६१ हजार६७९ मत पएको छ ।
माओवादी केन्द्रले ३२ हजार ७२२ मत पाउँदा राप्रपाले ३२ हजार ७२ मत पाएको छ ।
त्यस्तै जनमत पार्टीले १० हजार ५६९ जसपाले १० हजार ५६६, नेपाल मजदुर किसान पार्टीले ७२१८ र एकीकृत समाजवादीले ६५७८ मत पाएको छ ।
SHARE YOUR THOUGHTS