
काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नं ९ मा प्रदेशसभा (१) सदस्यमा नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले का हरिकृष्ण डङ्गोल विजयी भएका छन् ।
निर्वाचन अधिकृत पूजा खत्रीका अनुसार उनले चार हजार चार सय ५२ मतसहित विजयी भएका हुन् ।
उनले प्रतिस्पर्धी नेपाली कांग्रेसका नानुमैया बाँस्तोलालाई चार सय ३२ मतले पछि पारे ।
कांग्रेसका बाँस्तोलाले चार हजार २० मत प्राप्त गरेकी थिइन् ।
SHARE YOUR THOUGHTS