
सिन्धुली । सिन्धुली-२ (१) मा नेपाली कांग्रेसका छेत्रबहादुर बम्जन विजयी भएका छन् ।
गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार बम्जनले नेकपा एमालेका विनोदकुमार खड्कालाई पाँच हजार दुई सय तीन मतान्तारले पछि पार्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएकाे मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिए ।
बम्जनले १६ हजार आठ सय ३५, खड्काले ११ हजार छ सय ३३ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेशविक्रम बस्नेत क्षेत्रीले १८ हजार आठ, मङ्गोल नेशनल अर्गनाइजेशनका वोजनकुमार वलले दुई सय १६, नेपाल मजदुर किसान पार्टीका सङ्गीता दुवालले एक सय ३५ मत प्राप्त गरेका छन् ।
SHARE YOUR THOUGHTS