
मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)-२ को दुवै प्रदेशमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् ।
क्षेत्र-२ (१) र (२) मा क्रमशः एमाले नेतृ पद्मा जिसी श्रेष्ठ र लक्ष्मण पाण्डे विजयी भएका छन् । श्रेष्ठले १९ हजार तीन सय ७८ ल्याएर विजयी भएका छन् ।
उनका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का सौगमकुमार सिरपालीले १४ हजार सात सय ४३ मत ल्याएका छन् । यो क्षेत्रमा विसं २०७४ को निर्वाचनमा कांग्रेस विजयी भएको थियो ।
त्यसैगरी (२) मा पाण्डेले १८ हजार आठ सय छ मत पाएका छन् भने उनका प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का गोपाल खनालले १४ हजार सात सय ६१ मत पाएका छन् ।
SHARE YOUR THOUGHTS