
काठमाडौं । आइतबार भएको प्रतिनिभिसभा सदस्य निर्वाचनमा नेकपा माओवादी केन्द्रले पहिलो जित निकालेको छ । नेकपा माओवादी केन्द्रले सिन्धुली २ मा जित निकालेको हो ।
नेकपा माओवादी केन्द्रका लेखनाथ दाहाल (राजन) ले जित निकालेका हुन् । निर्वाचन अधिकृतको कार्यालयकाअनुसार उनले २७ हजार ५ सय १७ मत प्राप्त गरेका छन् ।
सिन्धुलीमा नेकपा माओवादी केन्द्रका लेखनाथ दाहालले जित निकालेका छन् । निर्वाचन अधिकृतको कार्यालयकाअनुसार उनले २७ हजार ५ सय १७ मत प्राप्त गरेका छन् ।
उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका मनोजजंग थापाले २१ हजार ३ सय ५५ मत प्राप्त गरेका छन् । दाहाल र थापाबीच ६ हजार १६२ मतान्तर देखिएको छ ।
SHARE YOUR THOUGHTS