
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसका उम्मेद्वार शिव हुमागाईंले अग्रता कायमै राखेका छन् । तर पछिल्लो मतपरिणाम अनुसार एमाले उम्मेदवार गोकुल बाँस्कोटाले मतान्तर घटाएका छन् ।
विहानसम्मको परिणाम अनुसार हुमागाईंले एमालेका उम्मेद्वार गोकुल बाँस्कोटालाई ११०० मतले पछि पारेका थिए । तर पछिल्लो परिणाममा बाँस्कोटाले मतान्तर घटाएका छन् ।
हुमागाईले १३ हजार १२० मत पाउँदा बाँस्कोटाले १३ हजार २६ मत पाएका छन् । अहिले बाँस्कोटा र हुमागाईबीच ९४ मतको मात्र अन्तर रहेको छ ।
SHARE YOUR THOUGHTS