
गुल्मी । गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका सचिव गोकर्ण विष्ट निर्वाचित भएका छन् । उनले तेस्रो पटक प्रतिनिधि सभामा जित निकालेका हुन् ।
विष्टले गठबन्धनबाट उम्मेदवार नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीलाई २ हजार ३४ मतको अन्तरले पराजित गरेका हुन् ।
निर्वाचन आयोगकाअनुसार विष्टले २८ हजार ४ सय ७६ मत प्राप्त गरे भने झाँक्रीले २६ हजार ४ सय ४२ मत प्राप्त गरेकी छन् ।
SHARE YOUR THOUGHTS