
काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको जारी मतगणनामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रता बढाउँदै लगेका छन् ।
झापा क्षेत्र नम्बर ५ को जारी मतगणनामा ओलीले ४४ हजार ८०५ मत पाएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी खगेन्द्र अधिकारीले २१ हजार १५४ मत पाएका छन् ।
उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका शुरेस कुमार पोखरेलले ९ हजार ९३० मत पाएका छन् । ओली कांग्रेसका अधिकारीभन्दा २३ हजार ६५१ मतले अगाडि रहेका छन् ।
SHARE YOUR THOUGHTS