
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीले जित हात पारेको छ । उक्त पार्टीका उम्मेदवार शिशिर खनाल विजयी भएका हुन् ।
खनाले १४ हजार २०४ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी सर्वेन्द्र खनालले ८ हजार ९११ मत पाए । खनाल राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित हुने चौथा उम्मेदवार हुन् ।
यसअघि घण्टीले काठमाडौंका २, ७, ८ निर्वाचन क्षेत्रमा जितिसकेका छन् ।
SHARE YOUR THOUGHTS