
मुगु । मुगुमा आजदेखि मतगणना सुरु भएको छ । निर्वाचन सम्पन्न भएको चार दिनपछि यहाँ मतगणना सुरु भएको हो ।
प्रतिनिधिसभातर्फबाट आज बाट मतगणना सुरु भएको हो । दुई हजार ४६ गणना हुँदा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवार एनबहादुर शाहीले एक हजार १२ प्राप्त गरेका छन् ।
उनका प्रतिद्वन्द्वी नेकपा एमालेका राजबहादुर कार्कीले नौ सय ३३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
SHARE YOUR THOUGHTS