
काठमाडौं । आइतबार भएको प्रतिनिधिसभा निर्वाचन पश्चात भइरहेको मतगणनामा इलाम–२ मा नेकपा एमालेका सुवासचन्द्र नेम्वाङलाई पछि पार्दै कांग्रेसका डम्बरबहादुर खड्काले अग्रता लिएका छन् ।
कांग्रेसका उम्मेदवार खड्काले मतगणनाको अन्तिम चरणमा अग्रता लिएका हुन् । उनले इलाम नगरपालिकाको वडा नम्बर ३ को गणना सकिँदा अग्रता लिएका हुन् ।
हालसम्म भएको मतगणनामा खड्काले २८ हजार ४ सय ८६ मत ल्याएका छन् । यता एमालेका नेम्वाङले २८ हजार ४ सय ७० मत प्राप्त गरेका छन ।
खड्का र नेम्वाङबीचको मतान्तर १६ मतको रहेको छ ।
SHARE YOUR THOUGHTS