
काठमाडौं । रामेछापमा प्रतिनिधि सभा सदस्यमा नेपाली कांङ्ग्रेसका पूर्णबहादुर (कान्छाराम) तामाङ भारी मतान्तरसहित विजयी भएका छन् ।
तामाङले नेकपा एमालेका कैलाश ढुङ्गेललाई १६ हजार ३६९ मतान्तरले पराजित गरेका हुन्।
गठबन्धनका साझा उम्मेदवार तामाङले ४७ हजार ९८ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी ढुङ्गेलले ३० हजार ७२९ मत प्राप्त गरेका छन् ।
तामाङ २०७४ सालको निर्वाचनमा प्रदेश सभामा कांग्रेसबाट उम्मेदवार थिए । तर वाम गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका श्यामकुमार श्रेष्ठसँग ६ हजार ३७६ मतान्तरले पराजित भएका थिए ।
SHARE YOUR THOUGHTS