
काठमाडौं । निर्वाचन आयोगले दोलखा जिल्लाको १० वटा मतदान केन्द्रमा पुनः मतदान गर्ने भएको छ ।
४ मंसिरमा भएको निर्वाचनमा बुथ क्याप्चर भएका क्षेत्रमा पुन मतदान गर्न लागिएको हो ।
आयोगका अनुसार बैत्यश्वर गाउँपालिकाको वैत्यश्वरको ३ कालिढुङ्गा (क,ख,ग), बैत्यश्वर २ को जनज्योति ( क,ख) वडा नम्बर ६ (क,ख,ग), र तामाकोसी गाँउपालिकाको जामुने हेल्थपोस्ट (क,ख) केन्द्रमा पुनः मतदान हुने भएको हो ।
उक्त केन्द्रमा बुथ क्याप्चर भएको भनेर उजुरी परेपछि आयोगको टोलीले स्थलगत अध्ययन गरेको थियो । अध्ययनको सिफारिस अनुसार मतदान हुन लागेको बताइएको छ ।
SHARE YOUR THOUGHTS