
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले ३६ औं बार्षिक साधारणसभा पुस ७ गते गर्ने भएको छ ।
११ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त मितिमा सभा गर्ने निर्णय गरेको हो ।
उक्त सभाका लागि मंसिर २१ गते बुक क्लोज गर्ने भएको छ । मंसिर २० गतेसम्म कायम रहेका सेयरधनीले उक्त सभामा भाग लिने पाउनेछन् ।
बैंकले उक्त सभामा बोनस ४ प्रतिशत र ७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्ने छ । यो प्रस्ताव सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

SHARE YOUR THOUGHTS