
काठमाडौं । कुमारी बैंकसँग मर्जरमा जान लागेको एनसीसी बैंकको सेयर कारोबार दुई महिनापछि फुकुवा भएको छ ।
कुमारीसँग मर्जर हुने भएपछि असोज ११ गतेदेखि कारोबार रोक्का भएको थियो । नेप्सेले १२ गतेको निर्णय अनुसार कारोबार फुकु्वा भएको जनाएको छ ।
एनसीसी र कुमारी बैंक १ः१ अनुपातमा मर्ज हुन लागेका छन् । दुई बैंक गाभिएर कुमारी बैंकको नाममा सञ्चालन हुनेछन् । चुक्ता पुँजी २५ अर्ब ८५ करोड रुपैयाँ र कुल पुँजी ३७ अर्ब ६५ करोड रुपैयाँ हुनेछ।
मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल हुने छन्। कुमारीका रामचन्द्र खनाल बरिष्ठ डेपुटी सीइओ हुनेछन् ।

SHARE YOUR THOUGHTS