नवीकरणीय ऊर्जाः आइसल्याण्ड र भारतको मोडलमा विश्व बढ्छ ? « Eglish Khabarhub

नवीकरणीय ऊर्जाः आइसल्याण्ड र भारतको मोडलमा विश्व बढ्छ ?



एजेन्सी । मूल्य घटाउन धेरै देशहरूले कोइला र तेलको उत्पादन बढाए । जसका कारण वातावरण र जलवायु परिवर्तन हुने सम्बन्धितचिन्ता बढेको छ । साथै सबै देशले दिगो स्रोतबाट प्राप्त ऊर्जाको मात्रा कसरी बढाउने भन्ने विषयमा पनि छलफल भइरहेको छ ।

हरित ऊर्जाको प्रयोगले जैविक इन्धन र अन्तर्राष्ट्रिय बजारमा उनीहरूको निर्भरता कम गर्न सक्ने अनुमान गरेको छ । आइसल्याण्ड विश्वको लागि एक उदाहरण हो । साथै, भारतजस्ता देश पनि यो दिशामा तीव्र गतिमा अघि बढिरहेका छन् ।

तर, प्रश्न यो छ कि विश्व नवीकरणीय उर्जाको सन्दर्भमा आइसल्याण्ड र भारतको बाटोमा अघि के विश्व अघिबढ्छ ?

नवीकरणीय ऊर्जा भनेको के हो ?

क्यालिफोर्निया विश्वविद्यालयका प्रोफेसर र सौर्य ऊर्जा विशेषज्ञ साराह कुर्त्ज भन्छिन् ‘नवीकरणीय ऊर्जाको स्रोत नवीकरणीय हो ।जसको मतलब यो कहिल्यै समाप्त हुँदैन । हाम्रो सन्दर्भमा यो स्रोत सूर्य हो जसले निरन्तर ऊर्जा दिन्छ । जब सूर्यको ऊर्जा जमिनमा पुग्छ, यसलाई सिधै बिजुली वा तातोपन उत्पादन हुन्छ ।’

विश्वको विद्युत् उत्पादनको १० मध्ये एक सौर्य र हावाबाट उर्जा हुन्छ । अहिले विश्वमा जलविद्युत नवीकरणीय ऊर्जाको सबैभन्दा ठूलोस्रोत हो । यस प्रक्रियामा पानीबाट बिजुली उत्पादन गरिन्छ ।

विन्डमिल, वाटर मिल र सोलार प्यानलबाट विगत एक सय पचास वर्षदेखि विद्युत् उत्पादन हुँदै आएको छ ।

पछिल्ला वर्षहरूमा राम्रो र सस्तो प्रविधि उपलब्ध भएको छ । ‘अहिले एउटा प्यानलको प्रति वर्गमिटरको मूल्य तपाईले आफ्नो घरमा रंग लगाउने व्यक्तिलाई दिने रकम जत्तिकै हो,’ सारा भन्छिन् ।

प्रविधिको विकासले सौर्य तथा वायु उर्जाको क्षमता र कुल उत्पादनमा हिस्सा पनि बढ्दै गएको छ । तर, सबै बाधाहरू अझै समाप्तनभएको उनको भनाइ छ ।

‘जब सूर्य अस्ताउँछ, हामीले रातमा बिजुली बाल्न सौर्य ऊर्जा कसरी प्रयोग गर्ने भनेर पत्ता लगाउनु पर्छ,’ साराह भन्छिन्, ‘यसकालागि हामीले नवीकरणीय स्रोतबाट कहिले विद्युत् लिने र भण्डारण गरिएको बिजुली कहिले प्रयोग गर्ने सम्बन्धी स्वचालित प्रणालीहुनुपर्छ ।’

बिजुली ब्याट्रीमा भण्डार गरिन्छ । साराका अनुसार अहिले हामीसँग धेरै ऊर्जा भण्डारण गर्ने क्षमता छैन । यो अहिलेको सबैभन्दा ठूलोअवरोध हो । अन्य समस्या पनि धेरै छन् । नवीकरणीय उर्जाका लागि सोलार प्यानल, हाइड्रो प्लान्ट र विन्ड टर्वाइन राम्रो काम गर्न सक्ने ठाउँमा राख्न सक्नुपर्छ । जहाँ आवश्यकपर्ने बेलामा जैविक इन्धन जलाएर ऊर्जा प्राप्त गर्न सकिन्छ ।

‘तपाईले ग्यासमा चल्ने कारलाई धेरै छिटो ईन्धन दिन सक्नुहुन्छ । तर सोलार प्यानलबाट सूर्यको किरण जम्मा गर्ने गति निकै सुस्त छ,’ साराह कुर्त्ज भन्छिन् ।

सन् २०२० देखि २०२६ सम्म्मा विश्वको कुल नवीकरणीय ऊर्जा उत्पादन क्षमता ६० प्रतिशत भन्दा बढी हुने अनुमान गरेको छ ।
तर, विश्वमा जनसंख्यासँगै बिजुलीको माग पनि बढिरहेको छ भन्ने कुरालाई ध्यानमा जरुरी छ ।

‘बढ्दो मागअनुसार पूर्वाधार तयार गर्न समय लाग्न सक्छ । अहिलेको ग्रिड र त्यसमा जोडिएका तारहरू सहर र गाउँसम्म पु¥याउन धेरैदशक लाग्यो । हामीले बुझ्नुपर्छ कि नवीकरणीय ऊर्जालाई समान स्तरमा पुर्याउन पूर्वाधार निर्माण गर्न दशकौं लाग्न सक्छ,’ साराकुर्त्जले भने ।

कोइला र ग्यास प्लान्टभन्दा नवीकरणीय ऊर्जा उत्पादन गर्ने संरचना निर्माण गर्नु सस्तो छ । तर, यसमा पैसा त खर्च हुन्छ ।

साराअनुसार जुन चीज सम्पूर्ण समुदायले प्रयोग गर्छ, यसलाई ठूलो मात्रामा विस्तार गर्नुपर्छ । त्यसपछि नवीकरणीय उर्जामा कसलेपैसा लगानी गर्ने भनेर निर्णय गर्न गाह्रो हुन सक्ने अवस्था आउन सक्छ । अहिलेको जल्दो उदाहरणको रुपमा आइसल्याण्डलाई लिन सकन्छि ।

आइसल्याण्ड मोडेल

आइसल्याण्डको राष्ट्रिय ऊर्जा प्राधिकरणका महानिर्देशक हत्ला लोगाडोटिर भन्छिन्, ‘यदि तपाईंले सही पूर्वाधारमा लगानी गर्नुभयो रयदि यो नवीकरणीय र हरित ऊर्जा पूर्वाधार हो भने, मानिसहरूले एक, दुई वा केही वर्षमा यसको फाइदाहरू थाहा पाउन सक्दैनन् । तरयस्तो ढाँचा आगामी पुस्ता र आगामी धेरै दशकहरुमा उपयोगी हुन सक्छ ।’

आइसल्याण्ड एउटा सानो देश हो। यसको जनसंख्या तीन लाखभन्दा अलि बढी छ । यो देशलाई प्रकृतिले केही विशेष उपहार दिएको छ।

आइसल्याण्डको दशौं भाग ग्लेशियरले ढाकिएको छ । यो देश दुई टेक्टोनिक प्लेटको सिमानामा अवस्थित छ । यस्तो अवस्थामा गर्मीपृथ्वीको सतहमा पुग्छ । यस कारण, यहाँ सयौं ठूला ज्वालामुखी र तातो पानीका मुहानहरू छन् ।

सन् १९०८ देखि आइसल्याण्डका जनताले घर न्यानो राख्नको लागि तातो मुहानबाट तातो लिन थालेका थिए । यो एक किसानद्वारा सुरुगरिएको थियो । सन् १९२८ मा रेक्याभिकमा नगरपालिका स्तरमा यस्तो प्रयास गरिएको थियो । यसपछि अस्पताल र ठूलाविद्यालयहरूलाई जियोथर्मल पावरले तताइएको थियो ।

सन् १९६० को दशकमा राजधानी रेक्याभिकले त्यस्ता प्रयासहरूको लागि आर्थिक सहयोग प्रदान ग¥यो ।

त्यतिबेला सरकारले आइसल्याण्डको ऊर्जा कोषको बारेमा उत्कृष्ट निर्णय गरेको थियो । यस कोषबाट नगरपालिकालाई जियोथर्मलभूमिगत खोज्न पैसा दिइएको थियो ।

आज आइसल्याण्डका १० घरहरू मध्ये ९ घरहरू भू-तापीय ऊर्जाले तताइरहेका छन् । हिउँदमा जियोथर्मलका कारण पाइपबाट तातोपानी घरघरमा पुग्ने अवस्था छ ।

आइसल्याण्डको तातो मुहानहरूको ऊर्जा अन्य ठाउँहरूमा पनि प्रयोग गर्न सकिन्छ ।

जियोथर्मलको राम्रो पक्ष भनेको यसलाई बिजुली उत्पादन गर्न प्रयोग गर्न सक्नेछन् भने अर्को खाद्य उत्पादनमा पनि राम्रो प्रयोग हुन सक्छ। साथै, यसलाई ग्रीनहाउसमा पनि प्रयोग गर्न सकिन्छ ।

त्यसैले, जैविक इन्धनमुक्त यातायात बनाउन अझै लामो समय लाग्ने हत्लाको भनाइ छ ।

‘आइसल्याण्डमा दर्ता भएका नयाँ कारमध्ये ५० प्रतिशतभन्दा बढी विद्युतीय कार छन् । सरकारले माछा मार्ने डुङ्गा र पानीजहाजमालगानी गरिरहेको छ । साथै, आगामी दशकभित्र आइसल्याण्डले उड्डयनअन्तर्ग आन्तरिक उडानलाई विद्युतीय बनाउने काम गरिरहेको छ,’ उनले भनिन् ।

यी विधिहरू प्रयोग गरेर आइसल्याण्डले आफ्नो ऊर्जा खपत घटाएको छ । तर के अन्य देशहरूले आइसल्याण्डको नेतृत्वलाई पछ्याउनसक्छन ?

संसार बदल्दै

क्रिस्टियन ब्रायर फिनल्याण्डको सौर्य अर्थशास्त्रका प्रोफेसर हुन् । उनले सन् २०१८ मा नवीकरणीय ऊर्जामा एक महत्वपूर्ण रिपोर्ट तयारगरेको थियो ।

उक्त प्रतिवेदनका अनुसार आगामी २० वर्षमा विश्वले आफ्नो कुल खपत बराबरको ऊर्जा नवीकरणीय स्रोतबाट उत्पादन गर्न सक्नेछ ।सोलार प्यानलबाट दुई तिहाइ ऊर्जा प्राप्त गर्न सकिने प्रतिवेदनमा उल्लेख छ ।

‘नवीकरणीय ऊर्जाबाट के हासिल गर्न सकिन्छ भन्ने एउटा उत्कृष्ट उदाहरण आइसल्याण्ड हो । यद्यपि यसको परिस्थिति विशेष छ,’ क्रिस्टियन ब्रायरले भने, ‘ नवीकरणीय उर्जाको सफलता स्थानीय स्रोतको राम्रो प्रयोगमा भर पर्छ । संसारको ठूलो भागमा यो स्रोत सूर्य रकेही भागहरूमा हावा हुन सक्छ । धेरै ठाउँमा जलविद्युत र भू–तापीय ऊर्जा उपलब्ध छ भने यो धेरै राम्रो कुरा हो ।’

जैविक इन्धनबाट बच्न हरित ऊर्जा अर्थात् हरित ऊर्जाका विभिन्न विधिहरू सही अनुपातमा प्रयोग गर्न आवश्यक छ ।

त्यसैले, नवीकरणीय ऊर्जाको लागि प्रणालीले माग र भण्डारण गर्न लचिलोपन देखाउनुपर्ने उनको भनाइ छ ।

क्रिस्टियनले भारतको उदाहरण पनि दिएका छन् । ठूलो अर्थतन्त्र भएको कुनै पनि देशको तुलनामा यहाँ नवीकरणीय ऊर्जाको आपूर्तितीव्र गतिमा बढिरहेको छ । वर्षको अधिकांश महिनामा घामको अत्यधिक गर्मी हुन्छ । तर भारतमा वर्षाको मौसम पनि लामो समयसम्मरहने भएकाले केही प्रभाव पर्ने उनले उल्लेख गरे ।

उनकाअनुसार मनसुनको समयमा भारतका केही भागमा सौर्य ऊर्जाको अभाव हुन सक्छ । तर, देशको आधा भाग मात्र प्रभावित हुन्छ ।बाँकी आधामा पनि सूर्यको किरण यथावत नै रहन्छ ।

मनसुन प्रभावित नभएको भागबाट राम्रो क्षमता भएको ग्रिडमार्फत अर्को भागमा विद्युत् पठाउन सकिन्छ ।

बिजुली पठाउनको लागि ब्याट्रीको क्षमता हुनुपर्छ । ब्याट्रिको भण्डारण क्षमता बढाउन सकेमा सहज तरिकाले ऊर्जाको प्रयोग गर्नसकिन्छ ।

‘ब्याट्रीमा लगानी गरेपछि भारतले विद्यमान ब्याट्रीहरूलाई देशको बढ्दो इलेक्ट्रिक कारहरुमा प्रयोग गर्न सक्नेछन्,’ क्रिस्टियनले भने ।

समुदायलाई चाहिने ब्याट्रीको ८० प्रतिशत सवारी साधनका खपत हुनेछ । धेरै जसो ब्याट्रीको आवश्यकता कार, बस र ट्रकहरूको लागिहुन्छ । अप्रत्यक्ष रूपमा यसले ऊर्जा उत्पादनमा सन्तुलन ल्याउने भएकाले यी धेरै महत्त्वपूर्ण छन् । साथै, यसलाई स्मार्ट चार्जिङ वा स्मार्टईभी चार्जिङ भन्न सकिन्छ ।

उनले नवीकरणीय ऊर्जाको सन्दर्भमा यमनको उदाहरण पनि दिएका छन् । यमनमा वर्षौंदेखि संघर्ष चल्दै आएको र पावर ग्रिड ध्वस्तभइसकेको छ । तर सोलार प्यानलको सहायताले विद्यालय, अस्पताल र घरघरमा बिजुली भने पुर्यारहेको छ ।

उनीहरूसँग सौर्यमण्डल र ब्याट्रीहरू छन् । त्यसको सहयोगले उनीहरुले आफ्नो आवश्यकता अनुसार बिजुली पाउँछन् ।

यमनका जनताहरूले यो प्रणाली एक पटक सेट गर्न आवश्यक थियो । र त्यसपछि यो वर्षौं देखि चलिरहेको छ । त्यसैले यमन पनिनवीकरणीय ऊर्जा धेरै अस्थिर परिस्थितिमा उत्कृष्ट समाधान साबित भएकाले एक उदाहरण रहेको क्रिष्टियनको भनाइ छ ।

अब प्रश्न यो छ कि हरित ऊर्जाले भूराजनीतिक अवस्था पनि परिवर्तन गर्न सक्छ ?

हरित ऊर्जा

अष्ट्रेलियाले आफ्नो कुल विद्युत उत्पादनको एक तिहाइ नवीकरणीय स्रोतबाट प्राप्त गर्छ । अष्ट्रेलियाले अन्य महादेशको तुलनामा लामोसमयसम्म सूर्यको किरण प्राप्त गर्छ । यसको समुद्री सिमाना पनि लामो छ जसले यसलाई वीन्ड फार्महरूको लागि उत्तम देश मानिन्छ।

सिड्नीमा क्लाइमेट इनर्जी फाइनान्सका निर्देशक टिम बकले अहिले इन्धनको मूल्यमा भारी वृद्धि भएको छ तर नवीकरणीय ऊर्जाउत्पादन बढ्दै जाँदा मूल्यहरू घट्न घट्न सक्ने अनुमान गरेको छ ।

उनकाअनुसार इन्धनको मूल्य यसरी वृद्धि भएको कहिल्यै देखेका थिएनौं । त्यसैले जैविक इन्धनबाट आफूलाई टाढा राख्न आर्थिक रराजनीतिक रूपमा आवश्यक छ । यसका लागि लगानी गरेमा आगामी एक दशकमा इन्धनको मूल्य ५० देखि ७० प्रतिशतले घट्नेछ ।

अष्ट्रेलियाका धेरैजसो मानिसहरूले विद्युतीय कारहरू किनिरहेका छन् । तिनीहरूको ब्याट्रीले नवीकरणीय ऊर्जा भण्डार र्गा सक्छ । जुनमानिसहरूले तुरुन्तै प्रयोग गर्दैनन् ।
यदि अष्ट्रेलियाले भविष्यका लागि नवीकरणीय उर्जाको बाटो रोजेको छ भने अन्य धेरै देशले पनि यो बाटो पछ्याउने पक्का छ ।

अष्ट्रेलियाले सोलार, हावा र पानीबाट आफ्नो ठाउँमा बिजुली बनाउन सक्नेछन् ।

ऊर्जाका कारण संसारका धेरै देशहरुमा द्वन्द्वहरू भएका छन् । यसमा युक्रेन युद्ध पनि समावेश छ ।

सबै देशले आफ्नो आवश्यकताअनुसार ऊर्जा उत्पादन गर्न थालेमा भूराजनीतिक अवस्था परिवर्तन हुन्छ कि हुँदैन भन्ने प्रश्नमा टिम बकलेविगत १०० वर्षमा ऊर्जा सुरक्षाले लगभग सबै देशलाई असर गरेको छ । युरोपको बजारले आफ्नो ऊर्जा आवश्यकताका लागि अन्यदेशहरूमा निर्भरताको बारेमा कडा चेतावनी दिएका छन् । यस विषयमा भूराजनीतिक स्थितिमा ठूलो परिवर्तन देख्न सक्ने बताए ।

यो परिवर्तन कस्तो हुनेछ ?

ऊर्जाका हिसाबले केही देश महाशक्ति बन्ने वा सबै देशले आफ्नो आवश्यकताअनुसार ऊर्जा उत्पादन गर्ने भन्ने प्रश्नमा ‘हामीले साराविश्वको क्रम बदलिएको देख्नछौं । नवीकरणीय ऊर्जाको बारेमा एउटा राम्रो कुरा के हो भने यसले धेरै देशहरूलाई उनीहरूकोआवश्यकता अनुसार उत्पादन गर्न प्रेरित गर्छ,’ टिम भन्छन, ‘विशेषगरी जब तिनीहरूसँग सौर्य र वायु ऊर्जा उत्पादन गर्ने स्रोतहरू छन् ।हामी ऊर्जा सुरक्षाको सन्दर्भमा धेरै देशहरू बलियो भएको देख्नेछौं । यस दिशामा अष्ट्रेलियालाई ठूलो फाइदा हुनेछ । चीन, भारत रअमेरिका जस्ता देशले पनि ऊर्जामा आत्मनिर्भरता बढाउनेछन् ।’

तर, जापान र कोरियाजस्ता मुलुकलाई नवीकरणीय ऊर्जातर्फ फर्कन समस्या पर्न सक्ने उनको भनाइ छ ।

दुवै देश ठूला अर्थतन्त्रका रुपमा परिचित छन् । तर तीमध्ये कुनै पनि सौर्य ऊर्जाको प्रचुर मात्रामा छैनन् । वायु उर्जाका लागि पर्याप्तजमिन छैन । यस्तो अवस्थामा उनीहरूलाई जैविक इन्धनको प्रयोग रोक्न गाह्रो हुनेछ ।

केही साना देशहरूमा, विद्युतको सम्पूर्ण उत्पादन नवीकरणीय स्रोतहरूबाट गरिन्छ । आइसल्याण्ड बाहेक यसमा कोस्टारिका, न्युजिल्याण्ड र नर्वे पनि पर्छन्।

भारतजस्तै अष्ट्रेलिया र चीन जस्ता ठूला देशहरू पनि यस दिशामा तीव्र गतिमा अघि बढिरहेका छन् । एक देशबाट अर्को देशमा इन्टरकनेक्टरबाट बिजुली पठाउने काम समस्याग्रस्त देखिन्छ।

तर, यस मामिलामा केही सफलता पनि प्राप्त भएको छ।

सन् २०२१ मा नवीकरणीय स्रोतबाट उत्पादित बिजुलीलाई समुद्रमुनि बिछ्याइएको सबैभन्दा ठूलो केबलमार्फत नर्वे र बेलायतबीचपठाउन थालिएको हो ।

तर, भौगोलिक वा राजनीतिक रूपमा पृथक भएका वा नवीकरणीय ऊर्जा उत्पादनका लागि राम्रो अवस्था नभएका देशहरूलाई अन्तर्राष्ट्रिय स्तरमा गठबन्धन बनाउन गाह्रो हुन सक्छ। यस दिशामा सबैभन्दा ठूलो बाधा नवीकरणीय ऊर्जा उत्पादन क्षमताको निर्माण हो।

Publish on: