
काठमाडौं । मौद्रिक नीतिको त्रैमासिक समीक्षा सार्वजनिक गरे लगत्तै नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सँग छलफल गर्न लागेको छ ।
राष्ट्र बैंकले गभर्नर महाप्रसाद अधिकारी समेतको सहभागितामा वाणिज्य बैंकका सीईओसँग अन्तकृया गर्न लागेको हो । अन्तकृया कार्यक्रममा सहभागी हुन राष्ट्र बैंकले २६ वटै वाणिज्य बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंकका सीईओलाई बोलाइएको छ ।
काठमाडौंको एक ५ तारे होटलमा आयोजना हुने कार्यक्रम मध्यान्न ३ देखि ६ बजेसम्म चल्ने बताइएको छ । कार्यक्रमपछि रात्री भोजको समेत आयोजना गरिएको छ । कार्यक्रममा पछिल्लो आर्थिक अवस्थामा विषयमा छलफल हुनुको साथैं राष्ट्र बैंकले सीईओलाई विभिन्न निर्देशन दिने स्रोतको भनाइ छ ।
SHARE YOUR THOUGHTS