काठामाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फुकुवा गरेको छ ।
आदर्शको सेयर कारोबार करिब डेढ महिनापछि फुकुवा गरेको हो । बुधबारको निर्णय अनुसार कम्पनीको कारोबार फुकुवा भएको नेप्सेले जनाएको छ ।
डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आदर्श लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएपछि सेयर कारोबार रोक्का भएको थियो ।
दुवै संस्थाले असोज १४ गते मर्जर तथा प्राप्ति सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । हस्ताक्षर गरेपछि असोज २३ गतेदेखि सेयर कारोबार रोक्का भएको थियो ।
प्रतिक्रिया