काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचन अन्तर्गत समानुपातिक तर्फको मतगणना जारी रहेको छ ।
निर्वाचन आयोगका अनुसार बिहीबार विहान साढे ८ बजेसम्मको अपडेट अनुसार १ करोड २ लाख १३ हजार ५५४ मतको गणना भएको छ ।
जसमा नेकपा एमालेले २७ लाख २६ हजार ३०३ मत पाएको छ ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २५ लाख ९३ हजार ७४२ मत पाएको छ ।
तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ११ लाख ५४ हजार १९४ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ५ हजार ३७१ मत पाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७९ हजार ७३९ मत पाउँदा जनता समाजवादी पार्टीले ४ लाख ११ हजार ८५६ मत पाएको छ ।
त्यस्तै जनमत पार्टीले ३ लाख ८१ हजार २४४ मत पाउँदा एकीकृत समाजवादीको २ लाख ९२ हजार ०८२ मत रहेको छ ।
निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता मतदानका लागि योग्य थिए । आयोगले तीमध्ये ६१ प्रतिशतले मत खसालेको जनाएको छ ।
कानूनअनुसार प्रत्यक्षतर्फ १ सिट र समानुपातिकमा कूल सदर मतको कम्तिमा ३ प्रतिशत पाउनु पर्छ । अब करिब ५ लाख समानुपातिक मतगणना बाँकी रहेको जनाइएको छ ।
प्रतिक्रिया