![](https://internal.appharu.com/wp-content/uploads/2022/12/Image_Remittance-Demat-Khata-1-768x768.jpg)
काठमाडौं । प्रभु क्यापिटलले रेमिट्यान्स डिम्याट खाता सञ्चालनमा ल्याएको छ ।
वैदेशिक रोजगारीमा रहेका तथा बिदेशमा जान लागेका व्यक्ति तथा निजका परिवारजनहरुका लागि प्रभु क्यापिटलले १ वर्षका लागि निःशुल्क डिम्याट खाता र मेरो सेयर प्रदान गर्ने उद्देश्यले रेमिट्यान्स डिम्याट खाता सञ्चालनमा ल्याएको जनाएको छ ।
धितोपत्र बोर्डले आगामी दिनमा कम्पनीहरुले आईपीओ जारी गर्दा निष्काशित सेयरको १० प्रतिशत सेयर सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपाली नागरिकका लागि छुटयाई बाडँफाँड गर्नुपर्ने प्रावधान जारी गरेको छ ।
क्यापिटलका अनुसार यो योजनामा डिम्याट आवेदन समावेश हुनका लागि ग्राहकहरुले वैदेशिक रोजगारीको लागि सम्बन्धित निकायबाट स्वीकृति प्राप्त भएको प्रमाण संलग्न गर्नुपर्नेछ छ । परिवारजनको हकमा डिम्याट आवेदन भर्दा नाता प्रमाणित कागजात आवश्यक पर्ने छ ।
यो योजनामा १ वर्षका लागि निःशुल्क डिम्याट खाता र मेरो सेयर अनलाइन सेवा प्रदान गरिनेछ । श्रमिक हितग्राही संगै निजका परिवारजनलाई समेत १ वर्ष निःशुल्क डिम्याट तथा मेरो शेयर खाता खोलिने छ भने भिडियो केवाइसी मार्फत तुरुन्तै अनलाईन डिम्याट खाता खोल्न सकिने ।
डिम्याट खाता खोल्ने सेवा प्रभु क्यापिटलको वेबसाइट तथा मोबाइल एपबाटै प्राप्त गर्न सकिनेछ । यस्तै लगानी व्यवस्थापन सेवाको वार्षिक शूल्कमा ५० प्रतिशत छुट रहेको छ ।
SHARE YOUR THOUGHTS