![](https://internal.appharu.com/wp-content/uploads/2022/12/ronaldo-1-768x432.jpg)
काठमाडौं । म्यानचेस्टर युनाइटेडले जस्तै पोर्चुगलले पनि आफ्नो टिम क्रिष्टियानो बिनानै ठीक हुने निर्णय गरेपछि रोनाल्डो यस्तो ‘सुपरस्टार’को भूमिकामा संकुचित बनेका छन्, जसलाई कसैले पनि चाहँदैन । र, रोनाल्डो बीना पनि पोर्चुगलको प्रदर्शन निकै राम्रो थियो ।
पोर्चुगिज प्रशिक्षक फर्नान्डो सान्तोषले देशकै खेलकुदको ‘आइकन’ लाई हटाउन लिएको साहसलाई आक्रमणकारी प्रदर्शन र मोरक्कोलाई ६–१ गोलले हराएर क्वाटरफाइनलमा पुग्दै उनलाई पुरस्कृत गरेको छ ।
दक्षिण कोरियाविरुद्धको अन्तिम समूह खेलमा प्रतिस्थापन गर्दा रोनाल्डोले सार्वजनिक रुपमा आलोचना गरेपछि सान्तोसले उनलाई हटाउने निर्णयको समर्थन मात्र गरेनन्, उनको ठाउँमा प्रतिस्थापन भएका युवा खेलाडी गोन्कालो रामोसको उत्कृष्ट ह्याट्रिकका कारण उनी थप प्रमाणित भए ।
३७ वर्षीय रोनाल्डोको गर्व र अहंकारका लागि यो निकै चोट पुगेको समय हो । विश्वकप फुटबल शुरु हुन अघि म्यानचेस्टर युनाइटेडको करिअर सार्वजनिक रुपमा क्लबको आलोचना गरेका कारण अन्त्य भएको थियो । र अहिले पोर्चुगलले यस्तो कदम चालेको छ, जुन यसअघि हुन्छ भन्ने कल्पना पनि गर्न सक्ने अवस्था थिएन । कम्तिमा पछिल्ला ३१ खेल र २००८ को युरोकपभन्दा पछि उनी मुख्य प्रतिस्पर्धाको प्लेइङ ११ मा पर्नबाट वञ्चित भएका छन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/12/ronaldo-santosh-768x432.jpg)
पक्कै पनि यो विश्वकपको र पछिल्लो आठ वर्षदेखि पोर्चुगलको नेतृत्व गरिरहेका सान्तोषको सबैभन्दा साहसी निर्णय यो नै हो ।
२०१६ को युरोकप जितेको श्रेय बोकेका सान्तोषले यो किसिमको परिवर्तन गर्दा कुन जोखिम छ भन्ने थाहा पाउन सक्थे । यदि पोर्चुगलले खेल हारेको भए, विश्वकपबाट पोर्चुगल बाहिरिनुको कारण कसले बोक्छ भन्ने उनले थाहा पाउने थिए र त्यो रोनाल्डो हुने थिएनन् ।
तर, सान्तोषले सामान्य तर, कडा अभिव्यक्ति नियालिरहेका थिए । अरु बेला रोनाल्डोको उपस्थितिलाई शक्तिशाली मानेर उनीतर्फ केन्द्रित हुने अवस्था थियो । तर, रोनाल्डोको अनुपस्थितीमा पोर्चुगल थप जीवन्त, लचिलो र दबाबपूर्ण देखिएको थियो ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/12/cr7-768x432.jpg)
बर्नार्डो सिल्भा र ब्रुनो फर्नान्डिसको नियन्त्रणमा मिडफिल्डमा पोर्चुगल सहज रुपमा अघि बढ्यो । र बेनिफिकाका २१ वर्षीय स्ट्राइकर रामोस, जसको यस्तो प्रदर्शनबारे आम दर्शन अनभिज्ञ थिए, उनले रोनाल्डोलाई प्रतिस्थापन गरेको कुनै पनि बोझ हल्का रुपमा महसुस गरेको सम्भावना थियो ।
पहिले दबिएका तर धेरै प्रतिभाशाली जोआओ फेलिक्स पोर्चुगलको बाँकी टोलीजस्तै उन्मुक्त देखिन्थे । रामोसको ह्याट्रिक धेरै किसिमले निकै राम्रो प्रकारको थियो । उनले पोस्ट नजिकैबाट स्वीटरजरल्याडका गोलरक्षक जान सोमरलाई हराउँदै गोल गरे । दोस्रो गोलमा पनि प्रतिस्पर्धिको पोस्ट नजिकैबाट क्रस गोल गरे । त्यसपछि आफ्नो ह्याट्रिकका लागि चनाखोको किसिमले छोटो पास खेलेका थिए ।
रोनाल्डोले विश्वकप फुटबलको नकआउटको ५१४ मिनेट बिना कुनै गोल खेलेका थिए । रामोसले मात्र ६७ मिनेटमा ३ गोल गरे ।
सान्तोषको सोचजस्तै खेलमा ३९ वर्षीय डिफेन्डर पेपेले उमेर खेलमा सरोकारको विषय नभएको प्रमाणित गरे ।
र रामोसले आफूले अरुको लागि गोल गर्ने वातावरण मिलाउने पनि साबित गरे, जब उनले राफेल गुएर्रिइरोलाई गोल गर्न सहायता दिए ।
र यो सबैका बीच पोर्चुगलका राष्ट्रिय हिरो रोनाल्डो, जसको अनुहारका हरेकजसो अभिव्यक्तिहरु क्यामेरा देखिएका थिए, उनले म्यानस्टार युनाइटेडमा भएको करिअरको अन्त्यको जस्तै अवस्थाका संकेतहरु अन्तर्राष्ट्रिय खेलमा पनि देखे ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/12/cr7-768x432.jpg)
राष्ट्रिय गान सकिएसँगै उनीतर्फ सैयौं क्यामेराम्यानहरु केन्द्रित भएका थिए । र त्यहाँ निकै निराशाजनक अवस्था थियो, जबसम्म पोर्चुगलले स्वीट्जरल्यान्डलाई नराम्ररोसँग हराएर रोनाल्डो बिना पनि श्रेष्ठ भएको प्रमाणित गरेको थियो ।
रामोसले खेलको नजितालाई ५–१ बनाएका थिए । पोर्चुगलले तब आक्रामक यात्रा गरिरहेको थियो, जब विशाल लुसेल स्टेडियमको वरिपरि समर्थकहरुले ‘रोनाल्डो’ नामको गर्जन लगाइरहेका थिए । तब उनीहरुले उत्सवमा खुसी मनाउने ट्रडमार्क ‘सिउ’को नारा लगाए ।
नारा लगाउनेहरु ठूलो संख्याका स्थानीयहरु हुन सक्छन्, जसले आफ्नो पैसा रोनाल्डोको खेल हेर्न खर्चिएका थिए । वा त्यो आवाज स्वीट्जरल्याण्डका फ्यानहरुको हुन सक्छन्, जसले सान्तोषले उनीहरुलाई पीडा थपिरहेका रामोसलाई हटाउछन् भन्ने सोचेका थिए ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/12/santosh-768x413.jpg)
अन्त्यमा १६ मिनेट बाँकी रहँदा सान्तोषले जोआओ फेलिक्सलाई निकालेर रोनाल्डोलाई प्रवेश गराए । त्यो अवस्था अस्पष्ट र निकै असहज थियो । र एक प्रकारले त्यो अवस्था लाज लाग्ने किसिमको थियो, जब एउटा स्टार खेलाडीले विश्वकप नकआउट खेलमा अर्थपूर्ण योगदान गर्नुको सट्टा आफ्नो उपस्थिति महसुस गराउन नै संघर्ष गर्नु पर्यो ।
प्रत्येक पटक रोनाल्डोले बल प्राप्त गर्दा दर्शकहरुमा उत्साह देखिन्थ्यो, स्टेडियम भित्रका समर्थकहरु उनको पुरानो जादु हेर्न उत्सुक थिए । उनीहरुले त्यो जादु लगभग देखे, तर त्यत्ति नै बेला लाइन्सम्यानले अफसाइडको झन्डा उठाए ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/12/cr.jpg)
रोनाल्डोको छोटो जादुयी मन्त्रको अपेक्षा त्यतिबेला तोडियो, जतिबेला अर्का एक प्रतिभावान युवा स्ट्राइकर राफेल लिएओ आए र पोर्चुगलको शानदार जीतलाई सघाए । २३ वर्षीय लिओलाई एसी मिलानका भविष्यका स्टारको रुपमा लिइन्छ ।
अन्तिम सिट्ठी बजेपछि रोनाल्डोले भीडलाई अभिवादन गरे र सबैभन्दा पहिले मैदानबाट बाहिरिए । उनले वास्तविक जितका हकदारहरुलाई त्यो उत्साहमा रमाउन दिए । नाम लिएर भन्दा पोर्चुगलका आफ्नै टिमका साथीहरुलाई जसले यो विश्वकपमा उत्कृष्ट प्रदर्शन गरे र अरुलाई पनि यस्तो प्रर्दशनले चकित तुल्याए ।
रोनाल्डोले यो खेलमा अझैं निर्णायक योगदान दिन सक्छन् । त्यसमाथि उनी नयाँ क्लबलाई आफूतर्फ आकर्षित गर्न खोजिरहेका छन् । तर, उनलाई मोरोक्कोसँगको खेलमा सुरुवातबाटै देख्न पाउनु निकै गाह्रो छ ।
म्यानचेस्टर युनाइटेडको ढोकामा उनले बोलेका कुराहरु र त्यसको असरपछि रोनाल्डोले अहिले आफूलाई आफ्नै देशमा सीमान्तकृतका रुपमा देखेका छन् । पोर्चुगलमा आफूलाई थप वेवास्ता गरिएको सोचेको हुनुपर्छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/12/ronaldo3-768x432.jpg)
पुरानो भनाइ अनुसार, रोनाल्डो एउटा भविष्य थिए । तर, अहिले उनी बढ्दो रुपमा अतितको रुपमा देखिएका छन् । र भविष्य रामोस र लिओजस्ता उदीयमान स्टार खेलाडीहरुसँग सम्बन्धित देखिन्छ ।
क्लब र देश दुवैतर्फ कमजोर देखिएका स्टारका लागि अब के गर्ने त ? पक्कै पनि मोरोक्कोविरुद्धको खेलमा उनका लागि बेन्चनै उत्कृष्ट हुनेछ ।
बीबीसीबाट
SHARE YOUR THOUGHTS