![](https://internal.appharu.com/wp-content/uploads/2021/03/road_construcation_ChOKRZjaHU-2.jpg)
तनहुँ । जिल्लाको घिरिङ गाउँपालिकाअन्तर्गत कृष्ण मोटरमार्गमा १० दिनका लागि सवारी आवागमनमा बन्द गरिएको छ ।
आगामी पुस १ देखि १० गतेसम्म सवारीसाधन आवागमन बन्द गरिएको सो गाउँपालिका कार्यालयले जनाएको छ ।
सो गाउँपालिकाको खिलाबाट गाउँपालिका कार्यालयसम्मको सडकखण्डमा कालोपत्र कार्य भइरहेकाले यातायात बन्द गर्नुपरेको गाउँपालिकाका अधिकृत धु्रवराज लामिछानेले जानकारी दिए ।
सो अवधिसम्म वैकल्पिक बाटो प्रयोग गरिदिनसमेत यातायात व्यवसायीलाई अनुरोध गरेको उनले बताए ।
“सडक कालोपत्रको समयमा सवारी आवतजावतमा समस्या हुने भएकाले बन्द गरेर काम गर्न लागेको हौँ”, उनले भने, “यसबाट पर्न गएको असुविधाप्रति गाउँपालिका कार्यालय क्षमाप्रार्थी छ ।”
SHARE YOUR THOUGHTS