![](https://internal.appharu.com/wp-content/uploads/2017/01/dollor1.jpg)
काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा विदेशी मुद्राको सञ्चिति ९ अर्ब ६३ करोड डलर पुगेको छ ।
असोज मसान्तमा ९ अर्ब ४८ करोड डलर रहेको विदेशी मुद्राको सञ्चिति १ महिनामै १५ करोड डलरले बढेको हो ।
चालु आर्थिक वर्षको ४ महिनामा १८ प्रतिशतले आयात घट्नुको साथै रेमिट्यान्स आप्रवाह अमेरिकी डलरमा १०.८ प्रतिशतले बढेपछि विदेशी मुद्राको सञ्चितिमा सुधार आएको हो ।
यो वर्षको ४ महिनामा गत आर्थिक वर्षको अन्त्यभन्दा विदेशी मुद्राको सञ्चिति ९ करोड डलरले बढेको छ ।
गत आर्थिक वर्षको अन्त्यमा विदेशी मुद्राको सञ्चिति ९ अर्ब ५४ करोड डलर रहेको थियो ।
विदेशी मुद्राको सञ्चिति बढेसँगै शोधानान्तर स्थिति (देशबाट बाहिरिने र भित्रिने विदेशी मुद्राको फरक) पनि २० अर्ब ३० करोड रुपैयाँले वचतमा गएको छ । असोज मसान्तमा शोधानान्तरस्थिति १२ अर्ब ४३ करोड रुपैयाँले वचतमा थियो ।
SHARE YOUR THOUGHTS