![](https://internal.appharu.com/wp-content/uploads/2021/03/inflation-money.jpg)
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको चार महिनामा ८.०८ प्रतिशतले महँगी बढेको छ ।
गत वर्ष ४ महिनामा ६.०४ प्रतिशतले महँगी बढेको थियो ।
यो वर्ष खाद्य तथा पेय पदार्थको मूल्य ७.३८ प्रतिशतले बढ्दा गैरखाद्य र सेवाको मूल्य ८.६३ प्रतिशतले बढेको छ ।
चालु आर्थिक वर्षको ४ महिनामा होटल समूहतर्फ सबैभन्दा बढी १५.९७ प्रतिशतले महँगी बढेको छ ।
त्यसै गरि सूर्तीजन्य पदार्थको मूल्य ११.८१ प्रतिशत, दुग्ध तथा अण्डाको मूल्य ९.३३ प्रतिशत, मदिराजन्य पेय पदार्थको मूल्य ८.८४ प्रतिशतले बढेको छ ।
गैरखाद्य तर्फ सबैभन्दा धेरै यातायतको मूल्य १७.७१ प्रतिशत, स्वास्थ्य सेवाको मूल्य ११. २२ प्रतिशतले बढेको छ ।
राष्ट्र बैंकका अनुसार काठमाडौं उपत्यकामा महँगी ७.५६ प्रतिशतले बढ्दा तराईमा ८. ५२ प्रतिशत, पहाडमा ८.०३ प्रतिशत र हिमालमा ६.६८ प्रतिशतले बढेको छ ।
SHARE YOUR THOUGHTS