![](https://internal.appharu.com/wp-content/uploads/2022/09/balen-chiribabu.jpg)
काठमाडौं । ललितपुर महागरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा मेट्रो चलाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।
बिहीबार काठमाडौं महानगरपालिकाको २८ औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रम उनले उपत्यकामा मेट्रो चलाउनको निम्ति काठमाडौं महानगरपालिकासँग आफूहरु सहकार्य गर्न तयार रहेको बताए ।
त्यसैगरी उनले ललितपुर महानगरपालिकामा आफूले साइकल लेन बनाएको भन्दै सो लेनलाई काठमाडौं महानगरपालिका हुँदै शिवपुरी डाँडोसम्म जोड्ने प्रस्ताव गरे ।
यसको निम्ति महानगरपालिकालाई अविलम्व कदम चाल्न उनले आग्रह गरे ।
‘काठमाडौं महानगरपालिका लगायत काठमाडौं उपत्यकाभित्र ५० लाखको जनसंख्या छ । ३० लाख जनसंख्या भएपछि त्यहाँ मेट्रो चलाउन सकिन्छ भन्ने अन्तर्राष्ट्रिय अध्ययनले जनाउँछ । तसर्थ अब यहाँ एक किसिमको मेट्रो अथवा र्यापिड बस ट्रान्जिट सिस्टमको व्यवस्थापन गर्नु अति अनिवार्य भइसकेको छ’ उनले भने, ‘तसर्थ यसमा म काठमाडौं महानगरपालिकालाई विशेष अनुरोध गर्न चाहन्छु कि यसमा हामी सहकार्य गरेर अगाडी बढौँ ।’
उनले सार्वजनिक खरिद ऐन २०६३ मा सुधारको आवश्यकता रहेको बताए । सो ऐनका कारण स्थानीय तहका लागि काम गर्न समस्या भएको उनको भनाइ थियो ।
SHARE YOUR THOUGHTS