काठमाडौं । नेपाल बैंकले सेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट १२ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । जसमा बोनस २ प्रतिशत र कर प्रयोजनका लागि १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंक र नेपाल सरकारले स्वीकृती र आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।
SHARE YOUR THOUGHTS