![](https://internal.appharu.com/wp-content/uploads/2019/06/Shikhar-insurance-696x522.jpg)
काठमाडौं । शिखर इन्स्योरेन्सलले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समितिको मंसिर २९ गते बसेको बैठकले आर्थिक वर्ष २०७८/७९ सम्मको वितरण योग्य मुनाफाबाट लाभांश घोषणा गरेको हो ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब २८ करोड ६० लाख रुपैयाँको १६ प्रतिशत अर्थात ३६ करोड ५७ लाख ७२ हजार रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ०.८४२१ प्रतिशत अर्थात १ करोड ९२ लाख ५१ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ ।
उक्त लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृती पश्चात आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
सेयरधनीहरुलाई १६ प्रतिशत बोनस सेयर वितरण पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब ५५ करोड रुपैयाँ पुग्नेछ ।
SHARE YOUR THOUGHTS