![](https://internal.appharu.com/wp-content/uploads/2019/12/muktinath-bank.jpg)
काठमाडौं । मुक्तिनाथ विकास बैंकले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ ।
शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट १४.२१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
जसमा बोनस १३.५ र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/12/muktinath-768x664.jpg)
SHARE YOUR THOUGHTS