सावरीसाधन उठाएको भन्दै महानगरको गाडी सर्वसाधारणले ४ घण्टा नियन्त्रणमा लिए « Eglish Khabarhub

सावरीसाधन उठाएको भन्दै महानगरको गाडी सर्वसाधारणले ४ घण्टा नियन्त्रणमा लिए



काठमाडौं । काठमाडौंस्थित अनामनगरमा महानगरले ज्यादती गरेको भन्दै सर्वसाधारणले ४ घण्टा महानगरपालिकाको गाडी नियन्त्रणमा लिएका छन् ।

आइतबार काठमाडौंको अनामनगर क्षेत्रमा निजी जग्गामा राखिएका सवारीसाधन महानगरको टोलीले उठाएर गाडीमा राखेपछि त्यसको बिरोधमा स्थानीयले मोटरसाइकल लोड गरेको महानगरको गाडी नियन्त्रणमा लिएका हुन् ।

निजी निवास अगाडि छोडिएको व्यक्तिको जग्गाको एक लेनमा पार्किङ गर्न दिने यसअघिको सहमति विपरित महानगरको टोलीले सवारीसाधन उठाएपछि स्थानीय आक्रोशित बनेका थिए ।

स्थानीयले महानगरले निजी सम्पति प्रयोग गर्न पाउने संविधान प्रदत्त अधिकारमा अवरोध श्रृजना गरेको भन्दै महानगरको कार्यबिरुद्ध नाराबाजी गरेका थिए ।

बिरोधका कारण अनामनगर क्षेत्रको यातायात केही समय तनावग्रस्त बनेको थियो । सर्वसाधरणले महानगरपालिका र ट्राफिक प्रहरीबीच समन्वय बिना जनतालाई महानगरले दुःख दिने काम गरेको भन्दै बिरोध गरेका थिए । उनले महानगरले राजस्व उठाउने बहाना बनाउँदै गलत काम गरिरहेको आरोप लगाए ।

‘महानगरसँग हामीले के विश्वास गर्ने, हिजो एउटा कुरा भनेको थियो, आज अर्कै भनेर बाइक लिएर गएको छ । एक लाइन राख्न पाउँछ भनेर गएको हो । महानगर र ट्राफिक प्रहरीबीच समन्वय नै छैन अनि सर्वसाधारणलाएई दुःख दिन मिल्छ । राजस्व उठाउने बहाना हो भन्ने स्पष्ट भन्नुस् । महानगरपालिकाले सरासर गलत गरिरहेको छ, जनतालाई जुनबेला पनि दुःख दिएर हुन्छ । राज्यले नै स्पष्ट नीति दिँदैन भने हामी कसरी चल्ने ?’ उनले भने ।

स्थानीयहरुले महानगरको गाडी नियन्त्रणमा लिए पछि महानगरले बलप्रयोग गर्दै सवारी साधन उठाएर लगेको छ ।

Publish on: