![](https://internal.appharu.com/wp-content/uploads/2021/07/Dividend-768x432.jpg)
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षसम्मको वितरणका लागि उपलब्ध मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
पुस ४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले ३० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
लघुवित्तले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतका दरले हुन आउने २१ करोड ११ लाख १२ हजार ७४६ रुपैयाँ ८८ पैसा बराबरको बोनस सेयर र सोको कर प्रयोजनका लागि ५ प्रतिशतका दरले हुन आउने ४ करोड २२ लाख २२ हजार ५४९ रुपैयाँ ३७ पैसा बराबरको नगद लाभांश गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्तको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।
SHARE YOUR THOUGHTS