आइएमई र नेपाल एसबीआई बैंकबीच सम्झौता, रेमिटेन्स भुक्तानी थप सहज हुँदै « Eglish Khabarhub

आइएमई र नेपाल एसबीआई बैंकबीच सम्झौता, रेमिटेन्स भुक्तानी थप सहज हुँदै



काठमाडौं । आइएमई र नेपाल एसबीआई बैंकबीच सम्झौता भएको छ । सम्झौताअनुसार आइएमईका जुनसुकै शाखा संजालमार्फत पठाइएको पैसा नेपाल एसबीआई बैंकका जुनकुनै शाखाहरूबाट भुक्तान लिन सकिनेछ ।

सोमबार राजधानी काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकाबीच उक्त सम्झौता सम्पन्न भएको थियो ।

सम्झौता पत्रमा आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र बैंकका तर्फबाट प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलमले हस्ताक्षर गरेका छन् ।

सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा आइएमई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेल, नेपाल एसबीआई बैंकका प्रबन्ध संचालक एवम् प्रमुख कार्यकारी अधिकृत दीपककुमार दे, प्रमुख संचालन अधिकृत यादवेन्द्र कान्त, प्रमुख व्यवसाय विकास अधिकृत रितेश अर्याललगायत दुवै संस्थाका उच्चपदस्थ कर्मचारीहरूको सहभागिता रहेको थियो ।

Publish on: