![](https://internal.appharu.com/wp-content/uploads/2022/11/ravi-lamichane-768x512.jpg)
काठमाडौं । सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रतिनिधिसभा सदस्यको शपथ लिन बाटो खुलेको छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकता विवादमा दुबै पक्षलाई छलफलमा बोलाउन आदेश दिएको छ ।
रिट निवेदकले विवाद अन्त्य नहुँदासम्म शपथमा रोक लगाउन अन्तरिम आदेश माग गरेका थिए । तर संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
नेपाली नागरिकता प्राप्तिका लागि पूरा गर्नुपर्ने प्रक्रि पूरा नगरेको भन्दै उनी प्रतिनिधि सभा सदस्य बन्न नपाउने जिकिर रिटमा गरिएको थियो ।
SHARE YOUR THOUGHTS