
काठमाडौं । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंकले पुस १७ गतेबाट एकीकृत कारोबार गर्ने भएका छन् ।
नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले कुमारी र क्रेडिट एण्ड कमर्स बैंक एक आपसमा गाभिई साविकका संस्थाहरुको सम्पूर्ण सम्पत्ति तथा दायित्व भागिएपश्चात् बन्ने संस्थामा सर्नेगरी दुवै संस्थाबाट सञ्चालन हुँदै आएको सम्पूर्ण वित्तीय कारोबार एकीकृत रुपमा पुस १७ गते आइतबारका दिनदेखि हुने जनाएको छ ।
उनीहरुले कुमारी बैंक लिमिटेडको नामबाट वित्तीय कारोबार गर्ने छन् ।
SHARE YOUR THOUGHTS