यो वर्ष धान उत्पादन ७ प्रतिशतले बढ्ने, कुन प्रदेशमा कति उत्पादन ? « Eglish Khabarhub

यो वर्ष धान उत्पादन ७ प्रतिशतले बढ्ने, कुन प्रदेशमा कति उत्पादन ?


१४ पुस २०७९, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । चालु आर्थिक वर्षमा धान उत्पादन बढ्ने अनुमान गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कअनुसार यो वर्ष ६.९४ प्रतिशतले धानको उत्पादन बढ्ने देखिएको छ ।

मन्त्रालयले सातवटै प्रदेशका कृषि क्षेत्र हेर्ने मन्त्रालयहरुवाट प्राप्त जिल्लास्तरीय धानको क्षेत्रफल तथा उत्पादन अनुमानका आधारमा गत आर्थिक वर्षको तुलनामा यो वर्ष ७ प्रतिशतले धान उत्पादन बढ्ने जनाएको छ ।

चालु आर्थिक वर्षमा उत्पादन भएको समग्र नेपालको, प्रदेशगत र जिल्लागत चैते धान र वर्षे सिजनको धानको क्षेत्रफल, उत्पादन र उत्पादकत्वको विवरणअनुसार उत्पादन बढेको छ ।

तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको चैते र वर्षे सिजनको धान गरी कुल धान लगाइएको क्षेत्रफल १४ लाख ४७ हजार ७ सय ८९ हेक्टर रहेको । उक्त क्षेत्रफलमा लगाइएको धानबाट ५४ लाख ८६ हजार ४ सय मेट्रिक टन धान उत्पादन भएको र उत्पादकत्व ३.७९ मेट्रिक टन प्रति हेक्टर रहेको प्रारम्भिक अनुमान गरिएको छ ।

गत वर्ष देशभर १४ लाख ७९ हजार ३७८ हेक्टर क्षेत्रफलमा धान उत्पादन हुँदा ५१ लाख ३० हजार ६२५ मेट्रिक टन धान उत्पादन भएको थियो भने उत्पादकत्व ३.४१ मेट्रिक टन प्रतिहेक्टर रहेको थियो ।

प्रारम्भिक अनुमानअनुसार प्रदेशगत रुपमा गत आर्थिक वर्षको तुलनामा सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा करिब ३३.३३ प्रतिशतले धान उत्पादन वृद्धि भएको देखिन्छ ।

गत वर्ष बेमौसमी वर्षका कारण सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा उल्लेख्य क्षति भई उत्पादन उल्लेख्य कमी आएको थियो र यस वर्ष सामान्यीकरण हुँदा उल्लेख्य वृद्धि देखिएको हो ।

सुदूरपश्चिम प्रदेशबाहेक गत वर्षको तुलनामा लुम्बिनी प्रदेशमा १५.२ प्रतिशत, प्रदेश १ मा ५.७२ प्रतिशत र कर्णालीमा ३.७२ प्रतिशत र मधेश प्रदेशमा ०. १८ प्रतिशत उत्पादन वृद्धि भएको छ ।

बागमती र गण्डकी प्रदेशमा गत वर्षको तुलनामा क्रमशः १.४५ प्रतिशत र ३.७४ प्रतिशत उत्पादन कमी आएको छ ।

यो वर्ष प्रदेश १ बाट १३ लाख ३६ हजार ५७ मेट्रिकट टन धान उत्पादन भएको छ । उक्त प्रदेशमा गत वर्ष ३ लाख ३२ हजार ६१७ हेक्टर क्षेत्रफलमा धान उत्पादन गरेको छ । त्यस्तै, मधेश प्रदेशमा १३ लाख ८८ हजार ८४१ मेट्रिक टन, बागमति प्रदेशबाट ५ लाख ४४६ मेट्रिक टन, गण्डकी प्रदेशबाट ३ लाख ९१ हजार १२१ मेट्रिक टन, लुम्बिनी प्रदेशबाट ११ लाख ५१ हजार ३१३ मेट्रिक टन, कर्णाली प्रदेशबाट १ लाख २९ हजार ४७३ मेट्रिक टन र सुदूरपश्चिम प्रदेशबाट ५ लाख ८९ हजार २२१ मेट्रिक टन धान उत्पादन हुने कृषि मन्त्रायलको अनुमान छ ।

गत वर्ष असोज ३० देखि कार्तिक २ गतेसम्मको बेमौसमी वर्षका कारण विशेषगरि लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक लाखभन्दा बढी हेक्टरमा लगाइएको धानवालीमा क्षति हुँदा करिब ८.७४ प्रतिशत उत्पादनमा कमी आएको थियो ।

तर यसवर्ष मौसम औषत रहेको, केही ढिलो गरि भएपनि विशेषगरि तराईका जिल्लामा रासायनिक मलको उपलब्धता रहेको, उन्नत वीउको प्रयोग एवं हाइव्रिड जातको प्रयोगमा भएको वृद्धि र स्थानीय तहसम्म कृषि प्राविधिको पहुँचमा केही वृद्धि भएको कारण धान उत्पादनमा सामान्य वृद्धि भएको कृषि मन्त्रालयले जनाएको छ ।

यद्यपि यो उत्पादन गत वर्ष वाहेका विगतका अन्य वर्षहरुको तुलनामा केही प्रतिशत कम नै रहेको कृषि मन्त्रालयको भनाइ छ ।

नेपालमा धानको खपत बढ्दो छ । त्यसैले धान तथा चामलको आयात बढ्दो क्रममा छ । त्यस्तै,स्थानीय तह र प्रदेशको समन्वयमा मन्त्रालयले कृषिमा आत्मनिर्भरता अभियानअन्तर्गत धान उत्पादन प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको जनाएको छ ।

मन्त्रालयले मसिना तथा वासनादार धान प्रवद्र्धन कार्यक्रम, धानको जातीय विकासका लागि अनुसन्धान कार्यक्रम र चैते धान प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार ००:००  ४ : ५० बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping