बसपार्क अतिक्रमण गरी बनाइएका संरचना हटाइयो « Eglish Khabarhub

बसपार्क अतिक्रमण गरी बनाइएका संरचना हटाइयो


१५ पुस २०७९, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

म्याग्दी । म्याग्दीको कालीपुल बसपार्कमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका अव्यवस्थित भौतिक संरचना हटाइएको छ ।

सार्वजनिक शौचालय र भवन हटाइएको हो । बेनी नगरपालिका–८ का वडाध्यक्ष उत्तम कर्माचार्यले बसपार्कलाई व्यवस्थित बनाउन त्यहाँ रहेका भौतिक संरचना डोजर चलाएर हटाइएको जानकारी दिए ।

“सार्वजनिक जग्गा भाडामा लिएर अस्थायी संरचना बनाइ व्यवसाय गर्दै आएका सम्बन्धित व्यक्ति, संस्था र यातायात कम्पनीसँग गरिएको सम्झौताको म्याद बसपार्क निर्माणको काम सुरु भएपछि थपिएको थिएन”, उनले भने, “सम्बन्धित पक्षले अटेरी गरेपछि बाध्य भएर नगरपालिका आफैँ अग्रसर भइ संरचना भत्काउन बाध्य भएको हो ।”

कालीपुल बसपार्क निर्माणस्थलमा पर्ने यातायात कम्पनीको दुई वटा टिकट काउन्टर, कालीपुल युनाइटेड क्लबको भवन, सार्वजनिक शौचालयलगायतका संरचना हटाइएको हो । म्याग्दी उद्योग वाणिज्य सङ्घले स्थापना गरेको पर्यटक सूचना केन्द्रको भवनको पर्खाल पनि भत्काइएको छ ।

नगरप्रमुख सुरत केसी, वडा अध्यक्ष कर्माचार्य, कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा लगायतको उपस्थितिमा डोजर चलाएर अवस्थित संरचना हटाइएको थियो । बसपार्क निर्माण स्थलमा पर्ने होटल तेजल एण्ड रेष्टुराँका सञ्चालक भोजबहादुर कार्कीलाई पुस २२ गतेभित्र संरचना हटाउने सहमति भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन अगाडिको घेराबार पर्खाल पनि भत्काउन नगरपालिकाले छलफल अगाडि बढाएको छ । सघन सहरी तथा भवन डिभिजन कार्यालय बागलुङले कालीपुल बसपार्कको गुरुयोजनाअनुसार टर्मिनल भवन निर्माण अन्तिम चरणमा पु¥याएको छ । भवन निर्माण आसपासका क्षेत्रमा बसपार्क ढलानका लागि संरचना भत्काइएको हो । 

विसं २०७४ मा तयार पारिएको कालीपुल बसपार्कको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार अहिले भौतिक संरचना निर्माण भइरहेको छ । यसका लागि रु २१ करोड लागत लाग्ने अनुमान गरिएको छ । नगरपालिका कार्यालय अगाडि म्याग्दी नदीमाथिमा रहेको मोटरेवल पुलको हाँडेभिरतर्फ रहेको संरचना हटाएर त्यहाँ पनि जिपपार्क बनाउने तयारी गरेको नगर प्रमुख केसीले बताए ।

नगरपालिकाले पुल नजिकै भाडामा दिएको जग्गामा व्यवसाय गरेकासँगको सम्झौताको म्याद यसअघि नै सकिएकाले सो ठाउँ छाड्न पटकपटक पत्राचार गरेको थियो । पुल नजिकै भएका अतिक्रमण हटाएर बागलुङ, भकिम्ली र बरञ्जा चल्ने जिप तथा बस पार्किङस्थल बनाउने नगरपालिकाको योजना छ ।

जिल्ला प्रशासन कार्यालय अगाडिको सार्वजनिक जग्गामा भाडामा बसेका व्यवसायीसँग पनि नगरपालिकाले सम्झौता नवीकरण गरेको छैन । त्यहाँ पार्किङस्थल बनाउनका लागि व्यवसायीलाई हट्न सार्वजनिक सूचना जारी गरेको छ ।

बेनी नगरपालिका–८ कालीपुलको पुरानो बजारको एक रोपनीभन्दा बढी अतिक्रमण हटाएर उद्यान बनाइएको छ । बेनीको सार्वजनिक जग्गा, पुल, खोल्सा र सडक अतिक्रमण गरेर घर, अस्थायी टहरा बनाएका छन् ।

नगरपालिकासँग सम्झौता गरी सार्वजनिक जग्गा भाडामा लिएर व्यवसाय गरेका कतिपयले वर्षौंदेखिको वक्यौता तिरेका छैनन् । केहीले सस्तोमा सार्वजनिक जग्गा भाडामा लिएर महङ्गोमा अरुलाई भाडामा लगाउने पनि गरेका छन् ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार ००:००  १ : ४७ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping