कृषि उत्पादन बढाउन कृषियोग्य जग्गाको खण्डीकरण नियन्त्रण गर्नुपर्छः अध्यक्ष तिमिल्सिना « Eglish Khabarhub

कृषि उत्पादन बढाउन कृषियोग्य जग्गाको खण्डीकरण नियन्त्रण गर्नुपर्छः अध्यक्ष तिमिल्सिना



काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कृषि उत्पादन बढाउनको लागि सरकारले कृषियोग्य जग्गाको खण्डीकरण नियन्त्रण गर्न आवश्यक रहेको बताएका छन् ।

बिहीबार नेपाल कृषि सहकारी केन्द्रीय संघको वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष तिमिल्सिनाले पछिल्लो समय कृषि योग्य जमिनमा पल्टिङ गरी बस्ति बसाउने क्रम बढेको भन्दै सरकारले कृषि उत्पादन बढाउनको लागि जग्गाको खण्डीकरण गरी कृषियोग्य जमिनमा बस्ति बसाउन नियन्त्रण गर्न आवश्यक रहेको बताए ।

सरकारको पहिलो काम नै कृषि योग्य जमिनको खण्डीकरण नियन्त्रण गर्ने हुनुपर्ने उनले बताए । कृषियोग्य जमिनमा बस्ति बसाउनेले नेपालको कृषि क्षेत्रको विकास हुन नसकेको उनको दाबी थियो ।

तिमिल्सिनाले सरकारले स्थानीय नगरपालिका र गाउँपालिकाहरुलाई जग्गाको वर्गीकरण गरेर मात्रै जग्गाको कित्ताकाट गर्न निर्देशन दिएपनि दबाबको कारण काम गर्न नसकेको देखिएको बताए । अध्यक्ष तिमिल्सिनाले नेपाल कृषिप्रधान देश मात्रै नभएर कृषिमा आत्मनिर्भर भएर कृषि निर्यात मुलक देश बनाउनुपर्ने आवश्यकता रहेको बताए ।

देशमा ठूला उद्योगधन्दाहरु स्थापना गरेर अन्तर्राष्ट्रिय देशहरुसँग प्रतिष्पर्धा गर्न समस्या रहेको भन्दै उनले देशभित्र कृषि उत्पादनमा वृद्धि गरी विदेश निर्यात गरेर देशको वैदेशिक व्यापार घाटा कम गर्न सकिने बताए ।

Publish on: