काठमाडौं । युनिभर्सल टुर्स एण्ड ट्राभल्सले इपीएसमार्फत् परीक्षामा पास भएका कामदारलाई दक्षिण कोरिया लैजान अनुमति पाएको छ ।
ईपीएस कोरिया शाखाले आज सूचना जारी गर्दै युनिभर्सल टुर्स एण्ड ट्राभल्सले अनुमति पाएको जनाएको हो ।
शाखाले आर्थिक वर्ष २०७९/८० देखि एक वर्षसम्म वा कोभिड–१९ को कारण सिधा हवाई उडानमार्फत् पठाउनुपर्ने शर्तमध्ये जुन अवधि पहिला आउँछ, सो अवधिसम्मको लागि काठमाडौंबाट दक्षिण कोरियाको सिऔलसम्म सिधा हवाई उडानबाट इपीएसअन्तर्गतका कामदारहरु दक्षिण कोरिया पुर्याउनको लागि आवश्यक पर्ने टिकट सम्बिन्धत कामदारहरुलाई आपूर्ति गर्ने सम्बन्धी गत मंसिर ९ गते बोलपत्र आह्वान गरेको थियो ।
सोही आह्वान गरेको बोलपत्रमार्फत् युनिभर्सल टुर्स एण्ड ट्राभल्सले प्रति कामदार ८ सय ९५ डलरमा उडान गर्ने बोलपत्र पेश गरेको शाखाले जनाएको छ ।
SHARE YOUR THOUGHTS