काठमाडौं । सरकारले राष्ट्रिय सभाको उपनिर्वाचनका लागि मिति तोकेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले लुम्बिनी प्रदेशमा खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको पदमा २०७९ माघ २५ गते राष्ट्रिय सभाको निर्वाचन गर्ने निर्णय सरकारले गरेको जानकारी दिए ।
त्यस्तै मंसिर ४ को निर्वाचनमा झडप हुँदा बाजुरामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई सरकारले १० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
SHARE YOUR THOUGHTS