ऋण नतिरेपछि तीन व्यक्ति र फर्मको घरजग्गा बेच्दै नबिल बैंक « Eglish Khabarhub

ऋण नतिरेपछि तीन व्यक्ति र फर्मको घरजग्गा बेच्दै नबिल बैंक



काठमाडौं । नबिल बैंकले धितोमा राखिएको सम्पत्तिहरु लिलामीमा बिक्री गर्ने भएको छ ।

बैंकले बैंकबाट लिएको कर्जा पटक पटक तिर्न ताकेता गरेपनि कर्जा तिर्न वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गर्ने भएको हो ।

बैंकमा राखिएको धितो जहाँ जे जस्तो अवस्था र परिमाण्मा छ, सोही अवस्थामा र परिमाणमा प्रचलित कानून, बैंक तथा वित्तीय संस्था सम्बन्धी एैन, २०७३ एंव बैंक नियमअनुसार गोप्य सिलबन्दी बोलपत्रद्धारा लिलाम बिक्री गरी बैंकको लेना असुल उपर गर्नका लागि आज १५ दिने सार्वजनिक सूचना जारी गरेको हो ।

बैंकले ऋणी कम्पनी शिवराज एग्री प्रालिले धितोमा राखेको घरजग्गा बिक्री गर्ने जनाएको छ ।

शिवराज एग्री प्रालिको नाममा दर्ता रहेको सुनसरी जिल्ला महेन्द्रनगर गाविस वडा नम्बर ५ मा रहेको सिट नम्बर ५ र कित्ता नम्बर १५३ को क्षेत्रफल ०–१२–१६–०, सुनसरी जिल्ला साविक देवानगंज वडा नम्बर ८ स्थायी घर भई हाल सुनसरी जिल्ला बराह क्षेत्र नगरपालिका वडा नम्बर ६ मा बस्ने राजकुमार यादवको नाममा दर्ता कायम रेहको सुनसरी जिल्ला महेन्द्रनगर गाविस वडा नम्बर ५ स्थित सिट नम्बर ५ र कित्ता नम्बर ६०३ को क्षेत्रफल ०–७–७–० विगाहामा भएको घर/जग्गा र सुनसरी जिल्ला साविक देवानगंज गाविस वडा नम्बर ८ स्थायी घर भई हाल सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका वडा नम्बर ६ बस्ने राजकुमार यादवको नाममा दर्ता कायम रहेको सुनसरी जिल्ला महेन्द्रनगर गाविस वडा नम्बर ३ स्थित सिट नम्बर ७४ को क्षेत्रफल र ०–२–०–० विगाहामा भएको घरजग्गा बिक्री गर्नेछ ।

धितोमा रहेको सम्पत्तिहरु गोप्य शिलबन्दीमार्फत खरिख गरी लिन इच्छुक व्यक्ति, फर्म, कम्पनी वा अन्य संगठित संघ संस्थाले यो सूचना प्रकाशित भएको १५ दिनभित्र कार्यालय समयभित्र बोलपत्र फारम भरि बैंकको कर्जा असुली विभाग, बिजुली बजार काठमाडौं वा धरान शाखा कार्यालय सुनसरीमा आईपुग्ने गरी गोव्य सिलबन्दी पेश गर्नुपर्ने बैंकले जनाएको छ ।

बैंकबाट कर्जा लिएका ऋणीहरुले तथा सोको धितो जमानतकर्ताहरुले ऋण लिदाँ गरिदिएको लिखत र ऋण स्वीकृतिपत्रको शर्तमा तोकिए कमोजिम बैंकलाई तिर्नु बुझाउनु पर्ने साँवा किस्ता तथा ब्याँज समेतका रकमहरु तिर्न बुझाउन पटक पटक मौखिक एंव लिखित ताकेता गर्दा समेत नतिरी बैंकसँग भएको ऋण कर्जा सम्बन्धी शर्तहरु उल्लङ्घन गरेको बैंकले जनाएको छ ।

कर्जा चुक्ता भुक्तान गर्न आउने ३५ दिने सार्वजनिक सूचना जारी गर्दा पनि ऋणी तथा जमानतकर्ता कसैले पनि ऋण कर्जाको बाँकी सावाँ र ब्याँज चुक्ता भुक्तान गर्न तर्फ चासो नदेखाई वेवास्ता गरी ऋण फछ्र्यौट नगरेको हुनाले कर्जा लिएका ऋणीहरुको नाममा रहेको सवारी साधन तथा घरजग्गा बिक्री गर्न लागिएको बैंकको भनाइ छ ।

यस्तै, यो सूचनालाई आधारमानी सम्बन्धीत ऋणी तथा जमानतकर्ता तथा सम्बद्ध व्यक्ति समेतले सम्पत्ति लिलाम हुने दिन भन्दा अगावै बैंकमा उपस्थित भई आफूले बुझाउनुपर्ने सम्पूर्ण बाँकी बक्यौता चुक्ता भुक्तान गरी कर्जा राफसाफ गरेमा लिलामी कार्य रोक्न सकिने समेत बैंकद्धारा जारी सूचनामा उल्लेख छ ।

Publish on: