यी हुन् एभरेष्ट बैंकका ठूला सेयरधनी, सबैभन्दा बढी पन्जाब नेशनल बैंकको « Eglish Khabarhub

यी हुन् एभरेष्ट बैंकका ठूला सेयरधनी, सबैभन्दा बढी पन्जाब नेशनल बैंकको



काठमाडौं । एभरेष्ट बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व भारतीय बैंक सहित ६ व्यक्ति र एक प्रा.लिको रहेको छ ।

बैंकका अनुसार सबैभन्दा बढी सेयर स्वामित्व पन्जाब नेशनल बैंकको २०.०३ प्रतिशत रहेको छ । पन्जाब बैंकको २० प्रतिशत अर्थात १ करोड ८८ लाख ८२ हजार २३० कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै बैंकमा प्रतिमा श्रेष्ठको सेयर स्वामित्व १४.८४ प्रतिशत अर्थात १ करोड ३९ लाख ८७ हजार ७०९ कित्ता रहेको छ । यस्तै बिष्णु कृष्ण श्रेष्ठको ९.१८ प्रतिशत अर्थात ८६ लाख ५६ हजार ६२९ कित्ता, रवि कृष्ण श्रेष्ठको १.८८ प्रतिशत अर्थात १७ लाख ६९ हजार ५७० कित्ता, किरण कृष्ण श्रेष्ठको १.८८ प्रतिशत अर्थात १७ लाख ६९ हजार ५६९ कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै शान्त देव पाठकको १.१८ प्रतिशत अर्थात ११ लाख १३ हजार ३४७ कित्ता, अरुण मान शेरचनको ०.९४ प्रतिशत अर्थात ८ लाख ८६ हजार १५४ कित्ता र होटल स्नो लायन होटलको ९.३१ प्रतिशत अर्थात ८७ लाख ७३ हजार ७४७ कित्ता सेयर स्वामित्व रहेको छ । सर्वसाधारणको भने ४०.७७ प्रतिशत अर्थात सेयर स्वामित्व रहेको छ ।

Publish on: