![](https://internal.appharu.com/wp-content/uploads/2021/07/Dividend-768x432.jpg)
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट २० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
२० प्रतिशत लाभांशमा १५ प्रतिशत बोनस र कर प्रयोजनसहित ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2023/01/image-38-663x768.png)
SHARE YOUR THOUGHTS