ऋण नतिर्नेहरुको ६ ठाउँको घरजग्गा बिक्री गर्दै नबिल बैंक « Eglish Khabarhub

ऋण नतिर्नेहरुको ६ ठाउँको घरजग्गा बिक्री गर्दै नबिल बैंक



काठमाडौं । नबिल बैंकले धितोमा राखिएको सम्पत्तिहरु लिलामीमा बिक्री गर्ने भएको छ । बैंकले बैंकबाट लिएको कर्जा पटक पटक तिर्न ताकेता गरेपनि कर्जा तिर्न वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गर्ने भएको हो ।

बैंकमा राखिएको धितो जहाँ जे जस्तो अवस्था र परिमाण्मा छ, सोही अवस्थामा र परिमाणमा प्रचलित कानून, बैंक तथा वित्तीय संस्था सम्बन्धी एैन, २०७३ एंव बैंक नियमअनुसार गोप्य सिलबन्दी बोलपत्रद्धारा लिलाम बिक्री गरी बैंकको लेना असुल उपर गर्नका लागि आज १५ दिने सार्वजनिक सूचना जारी गरेको हो ।

बैंकले शाखा कार्यालय नारायमगढ, चितवन र शाखा कार्यालय जनकपुर, धनुषाबाट कर्जा लिएका ऋणीको नाममा रहेको सम्पत्ति बिक्री गर्ने जनाएको छ ।

बैंकले बैंकले शाखा कार्यालय नारायमगढ, चितवनका ऋणी रदी इन्टरप्राइजेज प्रालिको नाममा दर्ता भई बैंकको पक्षमा दृष्टिबन्धक धितो पारित भई बैंकको पक्षमा रोक्का रहेको साविक चितवन जिल्ला, देवौल, गाविस वडा नम्बर १ घ हाल चितवन भरतपुर, महानगरपालिका वडा नम्बर ४ मा अवस्थित कित्ता नम्बर १९५४, १९५८, २०९० र २०९१ को क्षेत्रफल क्रमशः ०–४–१०–५–० र ० –५.७५–९० विघा र ६७७.२६ र १६८०.४२ वर्ग मिटरको जग्गा एंव सोमा जडित सम्पूर्ण लिगलगापत समेत बिक्री गरिने जनाएको छ ।

बोलपत्र सम्बन्धी शर्तबन्देज सहितको बोलपत्र फाराम बैंकमो केन्द्रीय कार्यालय, कर्जा असुली विभाग, बिजुलीबजार काठमाडौंमा वा शाखा कार्यालय नारायमगण, चितवनबाट प्राप्त गर्न सकिनेछ । शिलबन्दी बोलपत्र यो सूचना प्रकाशित भएको १५ दिनभित्र अर्थात माघ २० गतेसम्म शाखा कार्यालय नारायमथगथण, चितवनमा बुझाईसक्नु पर्ने बैंकले जनाएको छ ।

यस्तै, बैंकले धनुषा कार्यालयका ऋणी फर्म श्री अनमोल ईटा उद्योगको नाममा रहेको घरजग्गा बिक्री गर्नेछ । उक्त फर्मको नाममा रहेको महोत्तरी जिल्ला गौशाला गाविस वडा नम्बर ८ स्थायी घर भई हाल महोत्तरी जिल्ला गौशाख नगरपालिका वडा नम्बर ५ बस्ने दिपेन्द्र रायको नाममा दर्ता कायम रहेको महोत्तरी जिल्ला शिवभक्तिखोर गाविस वडा नम्बर ६ स्थित कित्ता नम्बर १४४ सिट नम्बर ६ ग को क्षेत्रफ ०–१ –१०–० विद्दाको घरजगा लगायत लिगलपात समेत बिक्री गरिने जनाएको छ ।

त्यस्तै, महोत्तरी जिल्ला गौशाला गाविस वडा नम्बर ८ स्थायी घर भई हाल महोत्तरी जिल्ला गौशाला नगरपालिका वडा नम्बर ५ बस्ने दिपेन्द्र रायको नाममा दर्ता कायम रहेको महोत्तरी जिल्ला शिवभक्तिखोर गाविस वडा नम्बर १ स्थित कित्ता नम्बर २२०८ को क्षेत्रफल ० –०–४–४–० विघाको घरजग्गा लगायत लिगलगापत समेत सम्पूर्ण बिक्री गर्नेछ ।

बोलपत्र सम्बन्धी शर्तबन्देज सहितको बोलपत्र फाराम बैंकमो केन्द्रीय कार्यालय, कर्जा असुली विभाग, बिजुलीबजार काठमाडौंमा वा शाखा कार्यालय जनकपुर, धनुषाबाट प्राप्त गर्न सकिनेछ । शिलबन्दी बोलपत्र यो सूचना प्रकाशित भएको १५ दिनभित्र अर्थात माघ २० गतेसम्म शाखा कार्यालय जनकपुर, धनुषामा बुझाईसक्नुु पर्ने बैंकले जनाएको छ ।

यस्तै, बैंकले जनकपुर, धनुषा शाखा कार्यालयबाट ऋण लिएका ऋणी फर्म जय बाबा जलेश्वरनाथ नमकिन उद्योगको नाममा रहेको घरजग्गा बिक्री गर्ने भएको छ ।

बैंकले महोत्तरी जिल्ला जलेश्वर नगरपालिका वडा नम्बर ८ बस्ने श्याम बाबू चौधरीको नाममा दर्ता भई यस बैंकको दृष्बिन्धक धितो पारित भई बैंको पक्षमा रोक्का समेत रहेको महोत्तरी जल्ला जलेश्वर नगरपालिका वडा नम्बर ४ स्थित क्रमशः कित्ता नम्बर ३८६, ३९३, ३९५, १ र ३९१ को क्रमशः क्षेत्रफल ०–१–२–०, ०–१–३ १/२, ० –०–४–४ १/२, ० –१ १४ १/१ र ० –०–१४–० विघाको जग्गा बिक्री गर्नेछ । बैंकले ऋणी चौधरीको नाममा रहेको दुई ठाउँको जग्गा समेत बिक्री गरिने जनाएको छ ।

बोलपत्र सम्बन्धी शर्तबन्देज सहितको बोलपत्र फाराम बैंकको केन्द्रीय कार्यालय, कर्जा असुली विभाग, बिजुलीबजार काठमाडौंमा वा शाखा कार्यालय जनकपुर, धनुषाबाट प्राप्त गर्न सकिनेछ । शिलबन्दी बोलपत्र यो सूचना प्रकाशित भएको १५ दिनभित्र अर्थात माघ २० गतेसम्म शाखा कार्यालय जनकपुर, धनुषामा बुझाईसक्नुु पर्ने बैंकले जनाएको छ ।

कर्जा चुक्ता भुक्तान गर्न आउने ३५ दिने सार्वजनिक सूचना जारी गर्दा पनि ऋणी तथा जमानतकर्ता कसैले पनि ऋण कर्जाको बाँकी सावाँ र ब्याँज चुक्ता भुक्तान गर्न तर्फ चासो नदेखाई वेवास्ता गरी ऋण पछ्र्यौट नगरेको हुनाले कर्जा लिएका ऋणीहरुको नाममा रहेको सवारी साधन तथा घरजग्गा बिक्री गर्न लागिएको बैंकको भनाइ छ ।

यस्तै, यो सूचनालाई आधार मानी सम्बन्धीत ऋणी तथा जमानतकर्ता तथा सम्बद्ध व्यक्ति समेतले सम्पत्ति लिलाम हुने दिन भन्दा अगावै बैंकमा उपस्थित भई आफूले बुझाउनुपर्ने सम्पूर्ण बाँकी बक्यौता चुक्ता भुक्तान गरी कर्जा राफसाफ गरेमा लिलामी कार्य रोक्न सकिने समेत बैंकद्धारा जारी सूचनामा उल्लेख छ ।

Publish on: