निफ्राको नाफा ७३ प्रतिशतले बढ्यो « Eglish Khabarhub

निफ्राको नाफा ७३ प्रतिशतले बढ्यो



काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को नाफामा आकर्षक सुधार देखिएको छ ।
गत आवको दोस्रो त्रैमासमा कम्पनीको नाफा ४४ करोड २६ लाख ४८ हजार रुपैयाँ रहेकामा चालु आवको सोही अवधिमा आइपुग्दा ७३ प्रतिशतले बढेर ७६ करोड ६१ लाख ६० हजार रुपैयाँ पुगेको छ ।

यो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा आएको सुधारले नाफा बढाएको छ । चालु आवको ६ महिनामा कम्पनीको खुद ब्याज आम्दानी ६०.८८ प्रतिशतले बढेर १ अर्ब ३२ करोड ४९ लाख ४८ हजार रुपैयाँ पुगेको छ ।

यस्तै सञ्चालन नाफा ७३ प्रतिशतले बढेर ७६ करोड ६१ लाख ६० हजार रुपैयाँ पुगेको छ । २१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोष भने घटेर १ अर्ब ६६ करोड ९६ लाख २० हजार रहेको छ ।

गत आवको सोही अवधिमा २ अर्ब ८४ करोड ४४ लाख ६ हजार रुपैयाँ रहेको थियो । प्रतिसेयर आम्दानी ७ रुपैयाँ ०९ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १०७ रुपैयाँ ७३ पैसा रहेको छ ।

Publish on: