लेखा प्रणालीलाई विश्वका उत्कष्ट मुलुकसँग प्रतिष्पर्धी बनाउन आवश्यकः अर्थमन्त्री « Eglish Khabarhub

लेखा प्रणालीलाई विश्वका उत्कष्ट मुलुकसँग प्रतिष्पर्धी बनाउन आवश्यकः अर्थमन्त्री


१८ माघ २०७९, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको लेखा प्रणालीलाई विश्वका उत्कष्ट मुलुकसँग प्रतिष्पर्धी बनाउन आवश्यक रहेको बताएका छन् ।

मंगलबार नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्थाको २६ औं वार्षिकोत्सव कार्यक्रम मन्त्री पौडेलले मुलुकको लेखा प्रणालीलाई विश्वका उत्कष्ट मुलुकसँग प्रतिष्पर्धी बनाउन आवश्यक रहेको बताए । मुलुकको लेखा प्रणालीलाई पारदर्शी बनाएर विश्वमा विश्वसनिय बढाउन पनि जरुरी रहेको उनको भनाइ छ ।

मन्त्री पौडेलले मुलुकको लेखा प्रणालीलाई पारदर्शी बनाएर विश्वमा विश्वनीयता बढाउन चार्टर्ड एकाउण्टेन्ट्सहरुको महत्वपूर्णं भूमिका रहने बताए ।

उनले चार्टर्ड एकाउण्टेन्ट्सहरु निजी,सार्वजनिक र सरकारी विभिन्न निकायहरुसँग काम गर्ने भएकाले एकाउण्टेन्ट्सहरुले गर्ने निर्णयले मुलुकको लेखा प्रणाली र लेखा प्रणालीको पारदर्शी र विश्वनीसयताका विषयमा उजागर गराउने बताए ।

‘हिसाव किताव दुरुस्त गरिएन भने दुनियाँ र देश लगायत कसैले पनि हामीलाई राम्रो मान्दैन । काम पनि राम्रो गर्ने हिसाव किताव पनि दुरुस्त राख्ने विश्वको अपेक्षा हो । हामीले पनि त्यस्तै अपेक्षा गछौं । त्यस कारण मुलुकको लेखा प्रणालीलाई पारदर्शी,उत्तरदायी र विधिसम्मत बनाउनको लागि यो संस्थाको भुमिका महत्वपूर्ण छ । यहाँहरुले निजी क्षेत्र,सार्वजनिक संस्था र सरकारी निकायहरुसँग जोडिने भएकाले उहाँहरुले चलाउने कलम र निर्णयले मुलुकको लेखा प्रणाली कस्तो छ र लेखा प्रणालीको क्षेत्रमा मुलुक कति पारदर्शी र विश्वमा कति विश्वसनियता रहेको छ भनेर मूल्याङ्कन हुन्छ । नेपाल लेखा प्रणालीको क्षेत्रमा विश्वका उत्कृष्ट मुलुकको दाँजोमा सक्षम छ भन्ने सन्देश दिने काम तपाईहरुको काँधमा रहेको छ । त्यही अनुुसारमा यहाँहरुले जिम्मेवारी बहन गर्नुहुनेछ’ पौडेलले भने ।

उनले हिसावकिताव पारदर्शीता नभएर दुनियाँमा कसैले नमान्ने भएको भन्दै काम राम्रो गर्ने हिसावकिताव पनि पारदर्शिता राख्ने सरकारको अपेक्षा रहेको बताए ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार ००:००  १० : ४४ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping