रिचार्ज पोखरीबाट मुहान रसाएको सम्बन्धमा अध्ययन गर्न फिन्डल्याण्डको टोली नमोबुद्धमा « Eglish Khabarhub

रिचार्ज पोखरीबाट मुहान रसाएको सम्बन्धमा अध्ययन गर्न फिन्डल्याण्डको टोली नमोबुद्धमा


१८ माघ २०७९, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काभ्रे । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ मा जमिनलाई रसिलो बनाइ राख्न खनिएका रिचार्ज पोखरीका कारण पलाएका पानीका स्रोत (मुहान)बारे अध्ययन गर्न फिन्डल्याण्डको परराष्ट्र मन्त्रालयको एक टोली आएको छ ।

नमोबुद्ध नगरपालिका–२ भागवतेस्थित विभिन्न १३ स्थानमा पोखरी खनेर सञ्चालन गरिएको आयोजना अवलोकन गर्न मङ्गलबार फिन्डल्याण्डस्थित परराष्ट्र मन्त्रालयका दक्षिण एसिया युनिट निर्देशक फेको किल्युनेनलगायत २४ सदस्यीय टोली यहाँ आइपुगेको हो ।

पानीका मुहान सुक्दै गएपछि नगरपालिकाले इसिमोड र सिप्रेडको सहयोगमा सो ठाउँमा जमिनलाई रसिलो बनाइराख्न खनिएका रिचार्ज पोखरीमार्फत मुहान संरक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

उक्त कार्यक्रम अवलोकनका क्रममा राजदूत हेका, निर्देशक किल्युनेनलगायत टोलीका सदस्यले कार्यक्रम लागू भएपछि स्थानीय समुदाय कति लाभान्वित भए भन्नेबारे जानकारी लिएको थियो । स्थानीय बासिन्दा अश्विनकुमार श्रेष्ठले भूकम्पपछि सुकेका पानीको स्रोत रिचार्ज पोखरी खनिएपछि पुनःरसाएको बताए ।

अर्का स्थानीयवासी पूर्णमान लामा र लमिनमाया लामाले पानी सुकेर पहिला आकाशे पानीको भरमा खेती गर्दै आइएकामा अहिले पानी जमाएर तरकारी खेती र पशुपालनसमेत गर्न पाएको सुनाए ।

आर्थिक वर्ष २०७८/७९ को भदौ–असोजमा पोखरी खनिए पछि जमिन रसाएर मूल फुट्न थालेका छन् । सोही मुहानबाट पानी सङ्कलन गरी ट्याङ्की निर्माण गरेर स्थानीय १३ घरधुरीलाई खानेपानीको व्यवस्था गर्दै आइएको नगर प्रमुख कुनसाङ लामाले बताए ।

सीमित स्रोत र साधनका कारण विकासका सबै क्षेत्रमा नगरले काम गर्न सक्ने अवस्था नभएकाले सबै क्षेत्रसँगको सहयोग र सहकार्यमा नगरपालिका अगाडि बढिरहेको उनको भनाइ थियो । ट्याङ्कीमा सङ्कलन भएर बढी भएको पानी स्थानीयवासीले सिँचाइका लागि प्रयोग गर्दै आएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले यस्ता कार्यक्रमले वातावरण सन्तुलन कायम गर्दै उत्पादन बढाउन सहयोगी हुनाका साथै योजना सञ्चालन गर्न थप उत्साह मिलेको बताए ।

त्यसरी उपयोग गर्दै आएको पानी हिउँदमा भने केही कम सङ्कलन भएको नगरपालिकाका वातावरण अधिकृत सन्तोष काफ्लेले बताए । सो ठाउँमा सफल परीक्षण भएपछि सोही वडाका अन्य तीन स्थानमासमेत त्यस्ता रिचार्ज पोखरी खनिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार ००:००  १२ : ५१ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping