प्रदेश १ मा ‘महिला सशक्तिकरणमा – महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न « Eglish Khabarhub

प्रदेश १ मा ‘महिला सशक्तिकरणमा – महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न


१८ माघ २०७९, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत प्रदेश एकको विभिन्न पाँच स्थानमा ‘महिला सशक्तिकरणमा- महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न गरेको छ ।

समाजमा पिछडिएका र अवसर नपाएका महिलाहरुलाई स्वरोजगार बनाई आय आर्जनको बारेमा अग्रसर गराउने उद्देश्यले माघ १३ गतेबाट संचालित कार्यक्रम चन्द्रगढी, विर्तामोड, इटहरी, धरान र विराटनगरमा सम्पन्न भएको छ ।

भद्रपुर नगरपालिका की उपमेयर राधा कार्कीको अध्यक्षतामा माघ १३ गते चन्द्रगढीमा संचालित कार्यक्रममा ८० जनाको सहभागिता रहेको थियो ।

उपमेयर कार्कीले महिलाहरुको आर्थिक सामाजिक विकासको लागि संचालित कार्यक्रममा भद्रपुर नगरपालिका महालक्ष्मी लाईफसंग मिलेर काम गर्न तैयार रहेको धारणा व्यक्त गरे ।

गुञ्जन थापाले स्वागत मन्तव्य राखेको अन्तरक्रिया कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई , बजार प्रमुख प्रशान्तराज धमला, चन्द्रगढी कार्यालय प्रमुख गीर्वाण भट्टराई र ९ नम्बर वडा सदस्य मंजु राउत खड्काले कार्यक्रमको महत्व र उपयोगिता बारेमा प्रकाश पारेका थिए ।

माघ १४ गते विर्तामोडमा अर्जुनधारा नगरपालिकाकी कार्यपालिका सदस्य चन्दा तामाङको अध्यक्षतामा सम्पन्न उत्प्रेरणा कार्यक्रममा १४० भन्दा बढीको सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि रमेश कुमार भट्टराईले बीमा जस्तो परोपकारी काममा सहभागि भई घरको जिम्मेवारी बहन संगै मनग्य आय आर्जन गर्न सकिने बीमा व्यवसायमा संलग्न हुन महिलाहरुलाई आग्रह गरे ।

कार्यक्रममा कम्पनीका बजार प्रमुख प्रशान्तराज धमला, कम्पनीका गुञ्जन थापा, गंगाराम थापा, जेसिस अध्यक्ष सुस्मा पौडेल र बोर्डिङ प्रिन्सिपल भास्कर भट्टराईले कार्यक्रमको महत्व बारेमा प्रकाश पार्दै सफलताको शुभकामना व्यक्त गर्नु गरे ।

त्यसै गरी माघ १६ गते विराटनगरमा हरिनगरा गाउँपालिका उपाध्यक्ष रिमझिम कुमारी भगतको अध्यक्षतामा महिला सशक्तिकरण सम्बन्धी कार्यक्रम सम्पन्न भयो । ९० जना भन्दा बढीको सहभागिता रहेको कार्यक्रममा मंजु भट्टराईले स्वागत मन्तव्य राख्नु भएको थियो । सहभागिहरुलाई महिला अधिकार कर्मी शान्ति पाख्रिन, प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई, बजार प्रमुख प्रशान्तराज धमला, उपक्षेत्रिय प्रमुख हिरा निरौलाले बीमाको माध्यमले महिलाहरुलाई सक्रिय हुन र आय आर्जनको बाटोमा अग्रसर हुन प्रेरणा प्रदान गरे ।

महालक्ष्मी लाईफले माघ १५ गते इटहरी र धरानमा पनि महिला सशक्तिकरण सम्बन्धी कार्यक्रम संचालन गरेको थियो। स्थानिय महिला नेतृको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत र बजार प्रमुखले उत्प्रेरणात्मक मन्तव्य राखेका थिए ।

माघ १५ गते नै ललितपुरको कुमारीपाटीमा पनि महिला सशक्तिकरण सम्बन्धी कार्यक्रम संचालन भयो ।

श्रीमती जीवन देवीको अध्यक्षतामा संचालित उत्प्रेरणा कार्यक्रममा कम्पनीका शाखा प्रमुख अर्चना तण्डुकार, क्षेत्रिय प्रमुख राम प्रसाद भुसाल र नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले महिलाहरु आर्थिक रुपमा सशक्त भएमा मात्र मनोबल बढ्ने र समाजमा नेतृत्व गर्न सक्ने हुने भएकोले बीमाको माध्यमले सक्रिय हुन र आय आर्जन गर्न आग्रह गरे ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार ००:००  ३ : २७ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping