काठमाडौं । पूर्वरानी कोमल शाह र पूर्वयुवराज्ञी हिमानी शाह हाल प्रदर्शन भइरहेको शाहरुख खानको सिनेमा ‘पठान’ हेर्न सिनेमा हल पुगेका छन् ।
पूर्वशानी कोमल तथा पूर्वयुवराज्ञी हिमानी पठान हेर्नका लागि दरबारमार्गस्थित ‘दरबार सिनेम्याक्स’ हलमा पुगेका हुन् । उक्त सिनेमा हलले सामाजिक सञ्जालमा उनीहरुको तस्बिर राख्दै यो विषयमा जानकराी दिएको हो ।
दरबार सिनेम्याक्सले सामाजिक सञ्जालमा तस्बिर राख्दै लेखेको छ, ‘दरबार सिनेम्याक्समा तपाईंको भव्य उपस्थितिबाट हामी धेरै खुसी छौं। तपाईंहरूलाई फेरि स्वागत गर्न तत्पर हुनेछौं ।’
पूर्वशानी कोमल तथा पूर्वयुवराज्ञी हिमानी हेर्न पुगेको फिल्म भारतीय अभिनेता शाखरुख खानको चार वर्षको ग्यापपछि आएको फिल्म हो । पठान फिल्म निर्देशक सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्म हो । फिल्ममा अभिनेता खानसँगै दीपिका पादुकोण र जोन अब्राहमको मुख्य अभिनय रहेको छ ।
SHARE YOUR THOUGHTS